कोरोनाबाट बच्न पातको मास्क !

काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिले विश्वमा अत्याधिक तीव्र गतिले फैलिरहेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विश्वका अधिकांश देशहरुले पूरा देश नै लकडाउन गरेका छन् ।

यसैबीच भारतमा पनि पछिल्लो केहि दिन यता संक्रमित र मृतकको संख्या अत्याधिक बढीरहेको छ । कोरोना भाइरसको महामारीबाट बच्को लागि डाक्टरहरु सोसल डिस्टेन्स र मास्क लगाउनु पर्ने सल्लाह दिइरहेका छन् ।

भाइरसबाट बच्न मास्क लगाउन आवश्यक रहेको डाक्टरले बताएपछि भारतमा मास्कको अभावमा एक महिलाले पातको मास्क लगाएपछि फोटो भाइरल भएको छ । फोटोमा महिलाले बच्चालाई बोकेको र आफू र बच्चलाई पनि पातको मास्क लगाएको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?