६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

काठमाडौं । विश्वका अधिकांश देशहरुले कोरोना भाइरसको महामारी फैलिनबाट रोक्नका लागि लकडाउन गरेका छन् । मानिसहरु घरमै कैद भएका छन् । यसैबीच प्रकृतिमा भने अनौठा कुराहरु देखिन थालेको छ ।

आकाशमा खगोलीय घटनाहरु पनि अनौठा र दुर्लभ देख्न पाईएको छ । प्रकृतिमा यस्तो अनौठो दृश्य भने मेक्सिकोमा देखिएको छ ।

अल्कापुल्कोस्थित समुन्द्र तटमा नीलो रंगको समुन्द्री लहर देखिएको छ । यो दृश्यलाई दुर्लभ मानिएको छ ।

मानिसहरुका लागि उत्सुकताको विषय बनिराख्ने उक्त दृश्य देखिएपछि मानिसहरु लालयित भएका छन् ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो दृश्य ६० वर्षमा पहिलोपटक देखिएको हो । यो दृश्यले समुन्द्रको पानीमा प्रदूषणको कमी भएको अनुभूति गराउँदछ ।

लकडाउनका कारण मानिसहरु घरमै कैद भएको कारणले प्रदूषणको स्तर कम भएको छ । परिणातः यो दृश्य देख्न पाईएको हो ।

यो एक अनौठो वैज्ञानिक घटना भएको कतिपय बुझाई रहेको छ । जसलाई बायोलुमनेस्सेन्ट भन्ने गरिन्छ । यसको मतलव कुनै जीवको शरीरबाट प्रकाश निस्किनु ।

यो तब मात्र सम्भव हुन्छ,जब पूरा प्रदूषण मुक्त भएको छ । विशेषज्ञका अनुसार पानीमा माइक्रोओर्गेज्मको बायोकेमिल रिएक्शनका कारण यस्तो घटना भएको हो ।

प्रदूषणका कारण यस्ता प्राकृतिक घटनाहरु कमै देखिने विशेषज्ञहरुको बुझाई छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?