काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व तहसनह बनेको छ । महामारीका कारण अहिलेसम्म विश्वमा २ लाख ६हजार ९९७ जनाको ज्यान गएको छ भने २९ लाख ९४ हजार ९५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ५७ हजार ६०३ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ७८ हजार ९२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यसैबीच अमेरिकाको जसरी नै बेलायतमा पनि कोरोना भाइरसको महामारीको प्रकोप बढ्दै गईरहेको छ । बेलायतमा अहिलेसम्म २० हजार ७३२ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार ८४० जनालाई संक्रमण भएको छ ।
यसैबीच बेलायतमा मृतकको संख्या अत्याधि बढेपछि शव राख्ने ठाउँको अभाव हुन थालेको छ । शव राख्ने मुर्दाघर पूरा भरिएपछि बेलायतमा वैकल्पिक व्यवस्था गरिएको छ ।
यस मुश्किल अवस्थामा बेलायतको बर्मीघमस्थित एक मस्जिदले आफ्नो पार्किङस्थललाई अस्थायी मुर्दाघर बनाउनको लागि अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
बेलायतमा दिनप्रतिदिन हजारौँको संख्यामा मानिसहरुको मृत्यु भएपछि शवगृहको कमी भएको र मस्जिदको पार्किङ स्थललाई शवगृह बनाउन थालिएको हो ।
बेलायतमा अन्तिम संस्कारका लागि मानिसहरुले विभिन्न समस्याह झेलिरहेका छन् । सोसल डिस्टेन्सिङको कारण मानिसहरुले आफ्ना नातेदारहरुको अन्तिम संस्कार पनि राम्रोसँग गर्न पाएका छैनन् ।
त्यहाँ सबै नातेदारहरुलाई अन्तिम संस्कारमा जाने अनुमति दिइएको छैन । परिवारका केहि सदस्यहरुलाई मात्र त्यहाँ अन्मिसंस्कारमा जान दिइएको छ ।
यो परिवारका लागि एकदमै कठिन समय भएकोले अन्तिम संस्कारका लागि परिवारका केहि सदस्यहरुलाई जान दिइएको छ ।
मस्जिदका ट्रस्टी मोहम्मद जाहिदले भगवानको कृपाले यस हप्ता बेलायतमा महामारीबाट कम मृत्यु भएको बताएका छन् ।
मस्जिदमा गएको हप्तामा दर्जनौँ मानिसको अन्तम संस्कार गरिएको थियो । महामारीका कारण बेलायतमा ८० प्रतिशत मानिसहरु घरमा कैद भएका छन् ।
यस महामारीको चपेटामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि परेका थिए । उपचार पछि उनी अहिले भने स्वस्थ भएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया