आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

हाङ्गजोउ, चीन २६ माघ – चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो । स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?