गगन अयडी धनगढी, माग २५–प्रदेश नम्बर सातमा नियमित रुपमा संचालित एक मात्र धनगढी विमानस्थल स्तरोन्नतिको पखाईमा छ विमानस्थलमा भीओआरडीएमई कम भिजिविलिटीमा पनि उडान भर्न सक्ने मेसिन नहु“दा हिउ‘द याममा हुस्सु लागेका बेला उडान हुन सक्दैन यो समस्या समाधानका लागि आज मात्रै जाइकाको प्राविधिक टोलीले भीओआरडीएमई उपकरण राख्नका लागि विमानस्थलको निरीक्षण गरेको छ गत वर्ष अधिग्रहण गरिएको १७ विघा ४ कठ्ठा जग्गा विमानस्थलको नाममा आइनसकेकाले भीओआरडीएमई उपकरण जडानको प्रकृयामा ढिलाई भइरहेको छ तर, पनि आज जाईकाको सहयोगमा काठमाडौंबाट आएको प्राविधिक टोलीले उपकरण राख्नका लागि प्रारम्भीक निरीक्ष्ँण गरेको छ । मुआब्जामा चित्त नबुझेको भन्दै दुई जना जग्गाधनीले मुद्दा दायर गरेपछि अधिग्रहण गरिएको जग्गाको स्वामित्व हस्तान्तरण कार्य रोकिएको छ । अहिले भिजिविलिटी नहु“दा विमान उड्ने नसक्ने अवस्था आएपछि प्राविधिक टोलीले प्रारम्भीर निरीक्षण सुरु गरेकोे नागरिक उड्ययन प्राधिकरण धनगढीका प्रमुख छविसिंह ठगुन्नाले बताउनुभयो यस वर्ष पुसदेखि हालसम्म हुस्सुका कारण उडानका लागि भिजिविलिटी नपुग्दा १६ दिन हवाई सेवा अवरुद्ध भएको थियो । ईभीओआरडीएमई उपकरण भए जुनसुकै बेला पनि विमान उडान र अवतरण गर्न सकिने छ । अब समस्या नहुनको लागी नै आज निरीक्षण गरेर नियमअनुसार निमार्ण कार्य अगाडि बढ्ने नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक सञ्जिबसिं कठायतले बताउनुभयो । निजि क्षेत्रका वुद्ध, सौर्य र श्री यअरसाईन्स तथा नेपाल यअरसाईन्सले काठमाण्डौं–धनगढी दैनिक १÷१ उडान भर्ने गरेका छन् । राजधानीसंग उडान भर्ने प्रदेशकै एकमात्र विमानस्थल भएकाले दैनिक ४ उडानमा पनि यात्रुको अभाव देखिदैन । विमानस्थललाई स्तरोन्नति हुन सके यहा“बाट पहाडी जिल्लाका विमानस्थलहरुमा पनि उडान भर्न सकिने अवस्था छ । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले भीओआरडीएई उपकरण जडान, पार्किङ्ग क्षेत्र विस्तारलगायत स्तरोन्नतिको कामका लागि आफूले पहल शुरु गरेको बताउनुभयो । ३० मिटर चौडा र एक हजार ८ सय मिटर लामो कालोपत्रे धावनमार्ग भएको धनगढी विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि दोश्रो लामो धावन मार्ग भएको विमानस्थल हो । जग्गा अधिग्रहण प्रकृया सकिए यो विमानस्थलको क्षेत्र ७० विघा पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया