राना थारु समुदायको गुनासोः दलहरुले प्रयोगमात्र गरे

गगन अयडी धनगढी, माग २६–कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेका राना थारु जातिको सूचीकृतको मुद्दा निर्वाचनहरुमा मात्र उठ्ने गरेको छ । संबिधान सभाको पहिलो र दोस्रो निर्वाचन, स्थानीय तह र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत यो बिषय राना थारु समुदायमा भोट माग्ने मुद्दा भएको थियो । त्यो समय बाहेक अन्य समयमा भने राना थारु समुदायको अधिकारका लागि केही काम नहुने भएकाले अब समुदाय आफै अगाडि आएर राज्यमाथि दवाव सृजना गर्न आवश्यक रहेको राना थारु अगुवाहरुले बताएका छन् ।कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको जनसंख्या कति छ भन्ने तथ्यांक सरकारले पनि नराखेको यस समुदायका अगुवाहरुको छ । राना थारु समुदायको छुट्टै पहिचान र संस्कृती रहेको भएपनि राज्यले अहिलेसम्म यो समुदायलाई हेपाहा दृष्टिले हेर्ने गरेको राना थारु समुदायका यूवा भानुप्रताप रानाले बताउनुभयो । प्रत्येक निर्वाचनमा राजनीतिक दलहरुले राना थारुलाई सूचीकृत गर्ने भनेर आश्वसन मात्रै दिएको समुदायको आरोप छ । समुदायको पहिचानका लागि सूचीकृत गर्नुपर्ने राना कला एवम संस्कृति संरक्षण समाज बेलाका अध्यक्ष माहबिर रानाको माग छ । सूचीकृत नहु“दा राना थारु समुदायलाई नेपालमा नै चिनिने अवस्था नरहेको उनीहरु बताउछन् । अब राना थारु समुदायका प्रतिनिधि समेत प्रदेश तथा प्रतिनिधि सभाका सांंसद भएकाले सूचीकृत हुनेमा उनीहरु आशावादी देखिएका छन् । राना कला संस्कृति संरक्ष्ँण तथा विकास मञ्चका अध्यक्ष नारायण रानाले राना थारुबाट जनप्रतिनिधि भए पनि राना थारुको अधिकारका लागि ढुक्क हुने अवस्था नरहेकाले अब समुदायले नै जागरुक भएर राज्यलाई दवाव सृजना गर्नुपर्नेमा जोड दिनुुभयो । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सांसद नारदमुनि रानाले राना थारुको सूचीकृतका लागि पहल गरिरहेको बताउनुभयो । उहा“ले यसअघि प्रतिनिधि तथा प्रदेश सभाका चुनावका क्रममा पनि राना थारुको सूचीकृतको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर नै जनतास“ग भोट मागेको बताउनुभयो । कैयौं पटक यहा“बाट निर्वाचित जनप्रतिनिधिहरुले राना थारु समुदायको अधिकारका लागि खासै पहल गरेको पाइ“दैन । यस पटक भने राना थारु समुदायबाटै जनप्रतिनिधि निर्वाचित भएका छन् । तरपनि अझै राना थारु समुदाय आफ्नो अधिकार पूरा हुनेमा ढुक्क देखिदैन । यसतर्फ जनप्रतिनिधि तथा राज्यको ध्यान पुगोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?