त्रिभुवन विश्वविध्यालयको अनलाईन कक्ष सञ्चालन सम्बन्धमा नेविसंघको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन बिश्वविद्यालयले ०७७ बैशाख १५ गते आयोजना गरेको प्रविधिको प्रयोग बाट Online कक्षा संचालन सम्बन्धि Virtual Meeting मा नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले विभिन्न विषयमा विश्वबिध्यालयलाई सुसुचित गराएको छ ।

विश्वबिध्यालयले अघि सारेको अनलाईन कक्ष सम्बन्धि विषयमा नेपाल बिध्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विभिन्न अवधारणाहरु अधि सारि ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री तिमल्सिनाले यस्ता  विषयहरु अघि सारेका छन्:

१. त्रि. बि. ले जारी गरेको Online बाट गरिने कक्षा संचालन निर्देशिका २०७७ माँ विद्यार्थीको हाज़िरी नियमितता, प्रविधि मैत्री शिक्षक/विद्यार्थी , प्रविधिको पहुँच,गुणस्तर, विश्वसनीयता आदिमा आपतकालिन ब्यबस्थापन कि दिर्घकालिन रणनीति ? स्पष्ट पारीनु पर्दछ ।

२. त्रि.बि.का विद्यार्थीले विश्वविद्यालय परिसरमा नै खाद्यान्न/ खाना पाउनका लागी नारा जुलुस गर्नुपर्ने,पिटाई खानुपर्ने अबस्थामा पहिलो कुरा विद्यार्थीको आधारभूत आवश्यकता भोक र रोगबाट बचाउँदै तत्पश्चात् शिक्षाका बारेमा सोच्नु पर्दछ ।

३. शिक्षण गर्न/ गराउन संस्था मात्र तयार भएर पुग्दैन, बिद्यार्थीले अब हामी सिक्नका लागी तैयार छौं भन्नु पर्छ कि पर्दैन ? किन सर्वेक्षण गरिएन ?

४. विश्व विद्यालयको पुर्ब तैयारी कस्तो छ ? सरोकार वाला विद्यार्थी संगठन लगाएत लाइ थाहा नै नदिइ ल्याइएको निर्देशिका क्याम्पस हरुमा परीपत्र र Media मार्फत सार्वजनिक भैसकेको अबस्थामा केवल अनुमोदन मात्र गराउन खोजीनुले नै स्पष्ट भएको छ ।

५. नेबिसंघले बर्षौदेखी उठाउँदै आएको Techno- Friendly Education अहिले आपतकालिन अबस्थामा भएपनि कार्यान्वयनमा ल्याउन खोज्नु सकारात्मक पाटो हो, तर यसनिम्ति पुर्ब तैयारी पर्याप्त छैन।सुबिधायुक्त क्षेत्रका विद्यार्थीहरुको पहुँचमा भएपनि दुर दराजमा रहेका विद्यार्थीहरुलाइ अन्य बैकल्पिक माध्यमको सोच बनाइनु पर्दछ ।

६. प्रारम्भमा अध्यावधिक विद्यार्थी र शिक्षक को तथ्यांक लिने,को कति प्रविधि मैत्री छन् सो को बर्गीकरण गरी तत्काल लाइ सोही बमोजीम शिक्षा व्यबस्थापन गर्ने र क्रमश:शिक्षक बिद्यार्थीको क्षमता बिकाश तालीम (Capacity Building Training) दिइ समान र गुणस्तरीय शिक्षाको पहुँचको बिकास गर्नुपर्दछ ।

७. Internet पहुँच नभएका क़रीब ३०% बिद्यार्थीलाइ के गर्ने ? पहुँच भएकाहरुको हकमा पनि यो महँगो र सुस्त गतिको देखिन्छ ।यसका लागी विश्व विद्यालय ले कक्षा अबधिका लागी निःशुल्क 4G Data उपलब्ध गराउनु पर्दछ ।

८. WiFi Tower Access नभएका 4G मा जोडिन नसकेका क्षेत्रमा रहेका करीव १०% विद्यार्थी लाइ स्व- अध्ययन पुस्तिका(Handbook)/ Email तथा अन्य संचार माध्यमको प्रयोग गरिनु पर्दछ ।

९. हाल प्रयोगमा रहेको Zoom मार्फत Webinar, Slideshare गर्ने प्रविधि लाइ मात्र विश्वविद्यालय ले जोड़ दिएको देखिन्छ ।यसमा यदाकदा असुरक्षित, अनाधिकृत रेकर्ड हुने,प्रयोगकर्ता को गोपनीयता नरहने तथा अहिले निःशुल्क दिइए पनि पछि ख़र्चीलो हुन सक्ने भन्ने आशंका हुदाहुदै किन बैकल्पिक उपाए खोजीएन ?

१०.  Microsoft तुलनात्मक रुपमा बढि बिश्वसनिय र सुरक्षित भएको अध्ययन ले देखाउँछ ।Unlimited Programme, ६ महिना निःशुल्क र पुन: ३ महिना थप निःशुल्क गराउने घोषणा गरेकोले यसको प्रयोगबाट त्रि. वि. को खर्च कटौती हुने र सो रकम विद्यार्थी लाइ Data Pack बितरण गर्न सहयोग पुग्ने देखिन्छ ।

११.  Online प्रविधिमा आधारीत Learning Management System-LMS अन्तर्गत Moodle Plateform प्रयोग गरी शिक्षण गरेको अनुभव त्रि वि अन्तर्गत खुला तथा दुर शिक्षा केन्द्र-ODEC सँग भएको साथै त्रिवि ले देश भित्र र बाहिर Online सिकाइ-TPP तालीम दिइएका प्राध्यापक लाइ परिचालन गरी Moddle मा आधारित कक्षा संचालन गर्न सकिन्छ ।

१२. बदलिँदो परीवेशमा पुरानो पाठ्यक्रम र परीक्षा प्रणालीमा फेरबदल गर्ने ।परीक्षा ३/४ घण्टाको लेखाइको मुल्यांकन भन्दा ब्यापक हुनुपर्दछ ।Research, Project Work,Report Writing गर्दै पटक पटक को पृष्टपोषणबाट अन्तिममा विज्ञ समुहबाट बिद्यार्थीको क्षमता परिक्षण गरिनुपर्दछ ।

१३. Ict Tools नभएका बिद्यार्थी लाइ सिप सहित उपकरण दिइनु पर्दछ । यसलाइ कोरोने शिक्षाको ब्यबस्थापनमा मात्र सिमित नगरी उच्च शिक्षाको दिर्घकालीन ब्यवस्थापनको रणनीति बनाइनु पर्दछ ।

१४. Online कक्षा संचालन निर्देशिकामा शिक्षकको कक्षा रेकर्ड गर्ने, सहभागीको क्रियाकलाप निकाय प्रमुख लाइ बुझाउँनु पर्ने,Online मा सिकाइ सामग्री राख्नु पर्ने ब्यवस्थाले त्यसको प्रतिलिपि अधिकार कत्तिको सुरक्षित छ ?

१५. New Admission, Attendance, Contact Session, Examination, Practical Class आदीमा त्रि.वि. ले सरोकारवाला लाइ विश्वस्त पार्न सक्ने स्पष्ट खाका ल्याउने ।

१६. अबको उच्च शिक्षा कुन Modality मा जाने हो , त्रि. वि. खुला विश्वविद्यालय माँ परीणत हुने त होइन ?

१७.) Online कक्षा संचालन कस्को Interest मा ल्याइयो या विश्वविद्यालयको आफ्नै सुझबुझमा आएको हो ? बितरीत बजेटको स्रोत र पारदर्शिता को आधार सुनिश्चित गरीयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?