हेर्नुहोस् २०७७ साल वैशाख १८ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ वैशाख १८ गते । बिहीवार । इ.स.२०२० अप्रिल ३० तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० चौलागा ।

वैशाख शुक्लपक्ष । तिथी– सप्तमी,१० बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– तिष्य,२१ बजेर ५२ मिनेट उप्रान्त अष्लेषा । योग– शूल,१६ बजेर ४१ मिनेट उप्रान्त गंड ।

करण– वणिज,१० बजेर १७ मिनेट उप्रान्त भद्रा,२१ बजेर ३६ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट ।

काठमाडौंमा सूर्योदय ६ बजेर २७ मिनेटमा, सूर्यास्त १८ बजेर ३६ मिनेटमा । दिनमान ३२ घडी ५२ पला । सर्वार्थसिद्धि योग १०ः१७ बजेसम्म र २१ः३६ देखि २१ः५६ बजेसम्म ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ ।

यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाती रहनेछन् । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत वौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेको छ ।

भौतिक सम्पत्तीको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित पार्न सकिनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

औषधि जन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । स्वअध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गोपनियता तथा गोप्यकुराहरु बाहिरिनाले समस्या पर्न सक्छ ध्यान दिनुहोला । कामका बाधा अवरोधको सामना गर्दै अगाडी बढ्नु पर्ने बाध्यता आउनेछ ।

समय अनुसार नचल्नाले अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा अविश्वास बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् ।

अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरुका लागि समय उत्तम रहेको छ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?