काठमाडौं । सारा विश्वमा हेर्ने हो भने कोरोना भाइरसको महामारीबाट सबैभन्दा पीडित पुरुष नै रहेका छन् । पुरुषको तुलनामा कमै महिलाहरुलाई मात्र कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोनाको संक्रमण भएका महिलाहरुले पुरुषको तुलनामा सहजै कोरोना भाइरसलाई जितिरहेका छन् । वैज्ञानिकले हालै मात्र अचिम्मित बनाउने जानकारी पत्ता लगाएका छन् ।
महलिाको शरीरमा पाइने सेक्सुअल हर्माेन्सको कारण महिलाहरुको इम्युन सिस्टम अत्याधिक प्रभावी हुने गरेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।
वैज्ञानिकहरुले अहिले महिलाको सेक्स हर्मोन्सबाट पुरुषलाई कोरोना भाइरसको महामारीबाट बचाउन सकिन्छ वा सकिँदैन भन्ने बारेमा ट्रायल शुरु गरेका छन् ।
जहिले देखि कोरोना भाइरस विश्वमा फैलियो, त्यो बेला देखि अहिलेसम्म संक्रमण भएका र मर्नेवाला पुरुषहरु नै रहेका छन् ।
Doctors are testing whether estrogen could help men fight COVID-19 https://t.co/uwPzvoocx4 pic.twitter.com/ecLKVs2eWz
— Live Science (@LiveScience) April 27, 2020
संक्रमणबाट मृत्यु हुने पुरुषहरुको संख्या ७५ प्रतिशत रहेको छ भने महिलाहरुको संख्या २५ प्रतिशत रहेको छ ।
लन्स एन्जेल्सका सेडार्स सिनाई मेडिकल सेन्टरको पल्मोनोलोजिस्ट र आईसीयु फिजिशियन डा. सारा घन्देहारीका अनुसार पुरुषहरु धेरै मादक पदार्थ तथा धुम्रपान गर्दछन् ।
जसका कारण उनीहरुले प्रदूषण भन्दा ठूलो साम्ना गर्नुपर्दछ । त्यसैले महिलाको तुलनामा पुरुषमा इम्युन सिस्टम कमजोर हुन्छ ।
युनिभर्सीटी अफ लण्डनमा ग्लोबल पब्लिक हेल्थकी प्रोफेसर सारा होक्सले भनिन्, महिलाहरुको इम्युन सिस्टम पुरुषको तुलनामा धेरै हुन्छ नै, र मजबुत पनि,त्यसको पछिको कारण भनेको दुई सेक्सुअल हर्मोन्स, जसलाई एस्ट्रोजेन र प्रोजेस्टेरोन भन्ने गरिन्छ ।
प्रोफेसर साराका अनुसार, महिलाहरुको तुलनामा पुरुषमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन्स अत्याधिक कम हुन्छ, तिनै २ हर्माेन्सका कारण महिलामा कुनै पनि संक्रमण तथा रोगसँग लड्नका लागि विशेष आन्तरिक प्रतिरोधात्मक क्षमता विकसित हुन्छ ।
अब सेडार्स सिनाई र स्टोनी ब्रुक्स युनिभर्सिटीको द रेनसा स्कूल अफ मेडिसिनका वैज्ञानिकहरुले महिलाहरुको सेक्सुल हर्माेन्सले पुरुषलाई कोरोना भाइरसबाट बचाउन सक्छ वा सक्दैन भन्ने कुरा पत्ता लगाउनका लागि ट्रायल शुरु गरिरहेका छन् ।
स्टोनी ब्रुक्स युनिभर्सिटीका मुख्य शोधकर्ता डा.शैरोन न्याशम्यानले कोरोना संक्रमित पुरुषलाई बचाउनको लागि महिलाको सेक्सुअल हर्माेन्सको ट्रायलमा लागेको बताएका छन् ।
११० संक्रमितहरुमा यसको ट्रायल शुरु गर्ने उने बताएका छन् । सेडार्स सिनाई मेडिकल सेन्टरमा यस्तो प्रयोग भईसकेको तर थोरैमा भएकोले अब ११० जना संक्रमित पुरुषमा यसको ट्रायल शुरु गर्न लागेको उनले बताएका छन् ।
डा. श्यारोनका अनुसार कोरोना भाइरसको संक्रमण भएकाहरुमध्ये कुनै पनि एक लक्षण तीव्र भएको संक्रमितहरुलाई ट्रायलमा सहभागी गराइने उनले बताए । साथै ट्रायलमा १८ वर्ष देखि ५५ वर्ष सम्मका मानिसहरुको सहभागी रहने पनि उनले बताए ।
ति मध्येमा आधा मानिसलाई शरीरमा एस्ट्रोजेनको प्याच प्रयोग गर्ने र आधालाई बिना एस्ट्रोजेन प्याचको सामान्य ट्रिटमेन्टको प्रयोग गरिने छ ।
पहिला भएको अध्ययनमा पनि महिलामा पाइने वाला एस्ट्रोजेन हर्माेनले कोरोना भाइरसको महामारीविरुद्ध बनाइने औषधिमा महत्वपूर्ण साबित हु’नसक्ने बताइएको थियो ।
एस्ट्रोजन तथा प्रोजेस्टेरोनका कारण शरीरमा साइटोकाइन स्टोर्म पैदा हुँदैन । अर्थात् शरीरको इम्युन सिस्टम स्वयंले नोक्शान पुर्याउँदैन । न त त्यसले मल्टी ओर्गन फेल्योर नै हुन्छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !
दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया