सोल, २७ माघ । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ उक्त प्रतिनिधिमण्डलको उत्तर कोरियाको संसद्का प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिने किम योङ नामले नेतृत्व गरेका छन् उनका साथै सो प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहेकी छन् । उनकी बहिनी किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन् यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो । उनीहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेको थियो सो प्रतिनिधिमण्डल दक्षिण कोरियामा शुक्रबारबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेको हो यो भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका समाचारमा जनाइएको छ । उनीहरुकाबीच भएको यस भेटघाटका क्रममा के विषयमा कुराकानी भयो भन्ने बारेमा भने केही बताइएको छैन यसैबीच सो प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि संक्षिप्त भेट गरेको बताइएको छ उनीहरु शुक्रबार दक्षिण कोरियामा आयोजना भएको शीतकालीन ओलम्पिकको उद्घाटन समारोेहमा सहभागी भएका थिए । सोही समारोहमा नै उनीहरुबीच भेट भएको थियो संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फराहन हकले भने, ‘उहाँहरुबीच उक्त समारोहमा सहभागिताका समयमा संक्षिप्तरुपमा ‘साइडलाइन’ भेट भएको थियो ।’सो भेटवार्तामा भएको कुराकानीका बारेमा भने उनले केही बताएका छैनन् । तर उत्तर कोरियाको तर्फबाट यहाँ सहभागी यति उच्चस्तरीय अधिकारीसँग भएको यो भेटलाई महत्वपूर्ण मानिएको उनले विज्ञप्ति प्रकाशन गरेर बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया