एसपी यादव सर्लाही, २७ माघ । मलंगवा नगरपालिकाको वडा नं. ७ का वडा अध्यक्ष प्रमोद कुमार यादवले आफ्नो वडामा भएका एकल महिला, ज्येष्ठ दलित महिला र अपांग गरि १६२ घरधुरीलाई न्यानो कम्बल बाडेका छन् चिसोका कारण विपन्न परिवारका व्यक्तिहरु प्रभावित हुँदै आएका छन् । स्थानीय प्रसाशनले राहतका कार्यक्रमहरु ल्याउन नसकेको पीडित पक्षले गुनासो गरेका छन् । राज्य र सम्बन्धित निकायले समेत बेवास्ता गरेको अबस्थामा यादवले न्यानो कम्बल बितरण गरेर एकल महिला, ज्येष्ठ दलित महिला र अपांगलाई ठुलो राहत भएको र न्यानो कम्बल पाएपछि तिनीहरुको अनुहारमा खुसी छाएको युवा समाजसेवी श्याम कुमार यादवले बताए सर्लाहीमा चिसोका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ पुगेको सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँले जानकारी गराएका छन् कम्बल वितरण कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष मेथुर चौधरी, मलङ्ग्वा नपाका उपमेयर शान्ती मिकरानी, वडा नं. ७ का वडा सदस्यहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, मानव अधिकारवादी, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया