भगवान श्रीरामका भाई शत्रुघ्नका बारेमा ५ रहस्य !

काठमाडौं । राजा दरशरथका तीन श्रमिती थिए, कौशल्या, सुमित्रा र कैकेयी । उनीहरुबाट चार पुत्र जन्मिएका थिए । त्यस मध्ये ज्येष्ठ पुत्र थिए भगवान श्रीराम । रामका तीन भाई थिए । लक्ष्मण भरत र शत्रुघ्न ।राम कौशल्याका पुत्र थिए भने सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न थिए ।

त्यस्तै कैकेयीका पुत्र थिए भरत । शत्रुघ्न चार दाजु भाईमध्ये सबैभन्दा कान्छा थिए । श्रीरामका दुई बहिनी पनि थिए, शान्ता र कुकबी । तर आज हामी तपाईलाई राजा दशरथका कान्छो छोरा शत्रुघ्नको बारेमा जानकारी दिनेछौँ ।

१. राम वनवास गएपछि शत्रुघ्नले राजा भरतको सेवा गरेका थिए । उनले सबैलाई छोडेर दाजुको सेवामा तल्लिन हुनु नै आफ्नो कर्तव्य सम्झिए ।

२. मन्थराको कारण नै भगवान श्रीराम वनवास जानुपरेको खबर थाहा पाएपछि उनले लात्तिले हानेर मन्थरा तोडेका थिए ।

३. शत्रुघ्नकी श्रीमतीको नाम श्रुतकीर्ति थियो । उनी राजा जनकका भाई कुशध्वजकी छोरी थिइन् ।

४. मथुरामा शत्रुघ्नका पुत्र सुवाहु र विदीशामा अर्का पुत्र शत्रुघातीको शासन थियो ।

५. श्रीरामको आदेश पछि शत्रुघ्नले मथुराका राजा लवासुरको वध गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?