लगातार एक पछि अर्काे संकट, वैज्ञानिकले दिए चेतावनी !

काठमाडौं । यति बेला सारा विश्व कोरोना भाइरसको महामारीले ग्रस्त छ । अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण विश्वमा २ लाख ३४ हजार ३९२ जनाले ज्यान गुमाईसकेका छन् भने ३३ लाख २० हजार ५४१ जनालाई संक्रमण भएको छ ।

यसैबीच वैज्ञानिकले अर्काे चेतावनी दिएका छन् । वैज्ञानिकहरुले विश्वकै दोश्रो ठूलो बर्फको पहाड अर्थात् आइसवर्ग फुट्न लागेको बताएका हुन् ।

समुन्द्रमा रहेका जहाँज र समुन्द्रको किनारमा रहेका बस्तीहरुलाई सतर्क रहन चेतावनी दिँदै वैज्ञानिकहरुले यसले जुन कुनैबेला पनि भयंकर रुप लिन सक्ने बताएका छन् ।

अहिले बर्फको पहाड खुल्ला समुन्द्रमा घुमिरहेकोले यसले जुन कुनै बेला पनि खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरुको भनाई छ ।

बर्फ फुटेपछि समुन्द्रमा सुनामी आउन सक्ने र समुन्द्र आसपासका मानिसहरुलाई सतर्क रहन वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

२३ अप्रिलमा युरोपीयन स्पेस एजेन्सीको स्याटेलाइट ‘सेन्टीनल-१’ ले यसको नयाँ तस्वीर सार्वजनिक गरेको थियो । यो आइसवर्ग (ए-६८-ए) तीव्र गतिमा समुन्द्रमा बग्दै आईरहेको छ ।

‘ए-६८’ नामको आईसवर्ग जब अन्टार्कटिका बाट छुट्टियो त्यसबेला यो ६ हजार वर्गकिलोमिटरको थियो । बिस्तारै पग्लँदै गएर यो अहिले ५ हजार १०० वर्ग किलोमिटरमा आईपुगेको छ । यो यति ठूलो रहेको छ कि, पाँच वटा न्युयोर्क शहर भन्दा पनि विशाल रहेको छ ।

बितेको तीन वर्ष यता यो वेड्डेल सागरमा घुमिरहेको छ । त्यसबाटै १ अन्य टुक्रा फुटेर छुट्टिएको छ । त्यसकै नाम हो ‘ए-६८’ । त्यसबाट पनि निस्किएका टुक्राहरुको नाम हो ‘ए-६८-सी’ ।

‘ए-६८’ ए आइसवर्ग १७५ वर्ग किलोमिटर क्षेत्रफलको रहेको छ । ‘ए-६८’ आईसवर्ग जुलाई सन् २०१७ मा अन्टार्कटिकाको लार्सेनबाट फुटेर छुट्टिएको थियो ।

त्यसबेला देखि यो आईसवर्ग समुन्द्रमा घुम्दै आईरहेको छ । यो कता तिर जाँदैछ भन्ने कुरा वैज्ञानिकहरुले नै थाहा पाउन सकेका छैनन् । तर अहिलेको दिशा हेर्दा वैज्ञानिकहरुले दक्षिण अमेरिकातिरको ईशारा गरेका छन् ।

यस आईसवर्गको अध्ययन गरिरहेको जियोलोजिस्ट एड्रियन ल्युकम्यानले आईसवर्ग फुटेपछि पनि धेरै वर्षसम्म त्यसको प्रभाव रहि राख्ने बताएका छन् ।

किनभने यो जति ठूलो छ, त्यो अनुसार यो फुटिसक्न लामो समय लाग्नेछ । एड्रियन ल्युकम्यान स्वानसी युनिभर्सिटीको जियोलोजिस्टका प्रोफेसर हुन् ।

साथै उनले गत तीन वर्ष यता यो आईसवर्गको बारेमा जानकारी राखिरहेका छन् । उनले स्वयं नै आईसवर्गबाट छुट्टिएको ठूलो वर्फको टुक्रा देखेको बताएका छन् । फुटेको वर्फ मात्र १९ किलोमिटर लामो रहेको उनले बताएका छन् ।

एड्रियन ल्युकम्यान भन्छन्, ‘ए-६८’ बाट छुट्टेको टुक्राको आकार १७५ वर्गकिलोमिटर रहेको छ,तर यो आईसवर्ग एकदमै पातलो छ, म यो कुराले हैरान भएको छु कि, आखिर यत्रो वर्ष सम्म यति पातलो आईसवर्ग किन पग्लिएन ?’

‘ए-६८’ लाई ९ डिसेम्बरमा क्रुज शिप एमएस एक्सीपडिशनले देखेको थियो । ६ फेब्रुअरी सन् २०२० बाट भने यो समुन्द्रमा तैरिरहेको पाइएको थियो । १० मार्च सन् २०२० मा एमवी वर्ल्ड एक्सप्लोररले यसलाई दक्षिणी अमेरिकाको समुन्द्रमा तैरिरहेको देखिएको थियो ।

संसारकै सबेभन्दा ठूलो आईसवर्ग ‘बी-१५’ हो । जो अन्टार्कटिकामा सन् २००० मा फुटेको थियो । त्यसको क्षेत्रफल ११ हजार किलोमिटर रहेको थियो ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?