नेपालस्थित अमेरिकी दूतावासले निकाल्यो महत्वपूर्ण सूचना-डिभीको छनौट नतिजा सारियो

काठमाडौं – डाइभर्सिटी भिसा कार्यक्रम (डिभी)को छनौट नतिजा सारिएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गरेको छ ।

डिभी २०२१ निवेदकहरूका लागि अपडेट शिर्षकमा दूतावासको फेसबुक पेजमा पोष्ट गरिएको स्टाटसमा ‘कोभिड -१९’ को विश्वव्यापी प्रकोपको कारणले साधारणतया २०२० को मे ५ मा हुनुपर्ने डाइभर्सिटी भिसा कार्यक्रम छनौटको नतिजा जुन ६, २०२०को लागि सारिएको जनाइएको हो ।

उसले अगाडी लेखेको छ, “तर यो ढिलाईले अक्टोबर १, २०२०मा हुने तय भएको अन्तर्वार्तामा कुनै असर गर्ने छैन।
निवेदकहरूले ध्यान पुर्याउनुपर्ने कुरा यो छ कि, दूतावासले तपाईंहरू कसैको पनी डिभी नतिजा यस्तो भयो भनेर फोन या ईमेलमार्फत सम्पर्क गर्नेछैन।

नतिजा थाहा पाउने एकमात्रै उपाय तपाईंले आवेदन दिंदा पाउनुभएको कन्फर्मेसन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट हेर्ने मात्रै हो, जस्ले तपाईंहरूलाई ठगहरूबाट बच्न पनि सहयोग गर्नेछ।

जून ६ नजिकिंदै गर्दा हामी थप अपडेटहरू तपाईंलाई दिने नै छौं, तर तपाईंहरूलाई कुनै जिज्ञासा भएमा travel.state.gov मा गएर DV  कार्यक्रमका बारे हेर्न सक्नुहुन्छ।”

As a result of the COVID-19 pandemic, the opening of the Entrant Status Check for DV-2021 applicants has been postponed from May 5 to June 6, 2020. The delayed opening will not negatively affect the interview schedule which will begin on October 1, 2020. Applicants should remember that the Embassy will NOT contact anyone by mail or email about their DV application. The only way to check on a candidate’s status is by using the unique confirmation number which we have provided to help protect DV entrants against fraud. We will post more updates prior to June 6, but if applicants have questions, they can go to travel.state.gov for more information about the DV program.

यस्तो छ दूतावासको सूचना :

यसअघि लोकपथ डटकममा प्रकाशित यी समाचार तथा आलेख छुटाउनुभएको थियो की ?

डोनाल्ड ट्रम्पका २० उर्जाशील भनाईहरु

अमेरिकी राष्ट्रपतिको चुनाव : नेपाली सरोकार !

अब्राहम लिंकनका १२ प्रेरक भनाईहरु

बाराक ओबामाका २० जीवनोपयोगी भनाईहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?