यस्ता छन् काजू खानुका फाइदा

काठमाडौं । काजू स्वास्थ्यका लागि एकदमै लाभकारी छ । काजू शब्जीमा ग्रेभी बनाउनका लागि पनि प्रयोग गरिन्छ । काजू स्वादिष्ट मात्र होइन, यसले सौन्दर्यता पनि बढाउँदछ । आज हामी तपाईलाई काजू खानुका फाईदाहरुको बारेमा जानकारी दिनेछौँ ।

१. त्यत्तिकै खाँदा पनि काजू एकदमै मीठो हुने गर्दछ । साथै विभिन्न खानेकुरामा हालेर खाँदा पनि त्यत्तिकै मीठो हुन्छ । काजूले तपाईमा उर्जा थप्छ । साथै काजूमा प्रोटिन तथा भिटामिन बी पाइन्छ ।

२. काजूमा एन्टीअक्सिडेन्ट्स धेरै हुन्छ, साथै काजूले छाला तथा दिमागको लागि पनि एकदमै राम्रो हुन्छ । काजू खानाले तपाईको छाला चम्किने गर्दछ ।

३. काजूमा मोनो स्याचुराइड्स हुने गर्दछ । जसले हड्डीको साथसाथै शरीरलाई पनि तन्दुरुस्त बनाउँछ ।

४. काजू आयरन अर्काे विकल्प हो । काजूका सेवनले कमी भएको आयरनलाई पूरा गर्दछ । एनीमियाको बिरामीहरुलाई पनि काजू खानु फाइदाजनक रहेका छ ।

५. धेरै चिसो हुनेहरुका लागि पनि काजू एक प्रकारको औषधि हो । किनभने काजूले शरीरमा गर्मी पैदा गर्दछ । साथै काजू वीर्यवद्र्धक र शक्तिवद्र्धक हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?