काठमाडौं । दान गर्नुलाई पुण्यको काम भन्ने गरिन्छ । दान गरेपछि उसको यश, कीर्ति, नाम र पुण्य जीवित रहँदा वा मृत्यु भएपछि पनि प्राप्त हुन्छ । तर भगवान श्रीकृष्णको कुरा मान्ने हो भने दान दिनु व्यर्थ हो ।
हामी यो कुरा महाभारत कालको गरिरहेका छौँ । त्यसबेला केहि त्यस्ता पात्र पनि थिए, जसले जीवनमा आफ्ना विशेष कुराहरु समेत दान दिएका छन् । र उनीहरु अहिले दानवीरको सूचीमा पहिलो नम्वरमा पर्दछन् । दानवीरको नाम लिने बित्तिकै पहिलो नाम आउँछ सुर्यपुत्र कर्ण ।
कर्ण र अर्जुनमा को ठूलो दानी ?
एक पटक भगवान श्रीकृष्ण र अर्जुन एक गाँको बाटो हुँदै गईरहका थिए । अचानक श्रीकृष्णले कर्णको बारेमा दिल खोलेर प्रशंसा गर्न थाले ।
त्यो सुने लगत्तै अर्जुनले प्रश्न गरे, आखिर कर्णलाई नै किन सबै भन्दा ठूलो दानवीर भन्ने गरिन्छ ? दान त म पनि गर्न सक्छु । म पनि त दानी भएँ, फेरी मलाई तपाई किन ठूलो दानी भन्नुहुन्न ? अर्जुनको यो प्रश्न पछि, श्रीकृष्णले मुस्कुराउँदै दुई ठूला पर्वत निर्माण गरे र त्यसलाई सुनका पर्वत बनाइदिए । साथै उनले अर्जुनसँग भने, पार्थ यी दुबै पर्वतहरु यी गाउँबासीलाई बाँडिदेउ, तर याद राख कि, यी पवएतका एक एक भाग गाउँका सबैले पाउनुर्दछ । तिमीले स्वयं राख्न पाउने छैनौ ।
त्यसपछि अर्जुनले भगवान श्रीकृष्णसँग आशिर्वाद लिए र त्यहाँ नजिक गएर सबै गाउँलेलाई बाँड्न थाले । गाउँलेले उनको जयजयकार गर्न थाले । तर लोभका कारण मानिसहरु एक भाग लिँदै फेरी अर्काे भाग लिनका लागि फेरी लाईनमा बस्न थाले । यो शीलशीला दुई दिनसम्म चलि नै रह्यो ।
अर्जुन थाके तर गाउँलेले जयजयकार गरेर उनको हौसला थपिरहे । त्यसपछि हैरान भएका अर्जुनले भने, हे केशव म यो काम गर्न सक्दिन ।
त्यसपछि श्रीकृष्णले कर्णलाई बोलाए र अर्जुनको झैँ नै उनलाई त्यो काम जिम्मा लगाए । श्रीकृष्णको आज्ञापछि कर्णले गाउँलेलाई भने, यो सबै सुन तपाईहरुको हो, तपाईहरु जति चाहानुहुन्छ त्यति नै लिनुहोस् र आपसमा बाँड्नुहोस् ।
कर्ण त्यति भनेर आफ्नो काममा लागे । त्यसपछि अर्जुनले श्रीकृष्णसँग भने, यो विचार मलाई किन पहिला आएन ? त्यसपछि श्रीकृष्णले भने, पार्थ तिमीलाई सुनमा मोह थियो, त्यसैले तिमी बाँड्न बस्यौ । र कसलाई कति दिउँ भन्ने सोच्न थालेउ । तर कर्णले पहाड नै गाउँलेलाई जिम्मा लगाए ।
किनभने उनी चाहाँदैन थिए कि, आफ्नो जयजयकार होओस् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया