काठमाडौं । वि.सं. २०७७ वैशाख २४ गते । बुधवार । इ.स.२०२० मे ०६ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु ।
ने.सं. ११४० चौलागा । वैशाख शुक्लपक्ष । तिथी– चतुर्दशी,१९ बजेर २१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– चित्रा,१३ बजेर २३ मिनेट उप्रान्त स्वाती ।
योग– सिद्धि,२० बजेर ४६ मिनेट उप्रान्त व्यातिपात । करण– गर,०८ बजेर ३३ मिनेट उप्रान्त वणिज,१९ बजेर २१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काल योग ।
चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ६ बजेर २२ मिनेटमा, सूर्यास्त १८ बजेर ३९ मिनेटमा । दिनमान ३३ घडी १२ पला । नृसिंह जयन्ती। स्याङ्जा, लसर्घास्थित आलम देवी पूजा। किरात समाज सुधार दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुस हुनेछ । एकल तथा साझेदारी व्यवसायमा समय दिन नसक्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्यम चन्द्रमाले विद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढी नै मिहेनत गर्नु पर्नेछ ।
आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । न्यायीक निर्णयहरु तपाईको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको शुरुवात हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विद्या स्थानमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ । वुद्धिको प्रयोग गरी अरुलाई प्रभावित पार्न सकिनेछ ।
आफन्त तथा सन्तानको साथ पाईने तथा उनीहरुको प्रगतिमा मन रमाउनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ ।
मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साथीभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागि पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् ।
सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।
स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घरपरिवार तथा समाज तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।
पढाई लेखाईमा थोरै समय दिँदा पनि नतिजा तपाईकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राजनीतिज्ञको लागि समय मध्यम रहेको छ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बुवा तथा अग्रजसँग मनमुटाव बढ्ने तथा घरायसी कुरामा राय बाजिनेछ ।
पढाई लेखाईमा समय दिएपनि नतिजा भनेजस्तो आउने छैन । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अप्ठ्यारा परिस्थितीसँग जुध्नु परेपनि लक्ष्य पहिल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । यात्रामा कष्ट हुन सक्छ ध्यान दिनुहोला ।
प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
लामो खटाईका बावजुत आंशिक सफलता हात पार्न सकिनेछ । पढाई लेखाईमा कमी कमजोरी भएको अनुभूति हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ ।
स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुदा हुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया