काठमाडौं । लकडाउनका बेला एक युवक पसलमा साामान लिन गएका थिए । तर उनी जब घर फर्किए तब साथमा दुलही लिएर फर्किए । यो अनौठो घटना हो भारतको उत्तर प्रदेशस्थित गाजियाबादको ।
उनी घरमा शब्जी लिन भन्दै पसल गएका थिए तर फर्किदा बेहुली लिएर फर्किएपछि सबै अचम्ममा परेका छन् । साथै छोरोको श्रीमतीलाई देखेपछि झनै परिवारको होश उड्यो ।
त्यति मात्रै होइन, यो घटना पुलिससम्म पुग्यो । उक्त युवती युवककी प्रेमिका हुन् । तर घर परिवारले विवाह इन्कार गरिदियो र घर प्रवेश गराउनुको ठाउँमा प्रहरीमा रिपोर्ट दर्ता गराए ।
परिवारले छोराले यस्तो हर्कत गरेको भन्दै बुहारी र छोरालाई नै घरमा प्रवेश गर्न नदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुले एक महिना अगाडि मन्दिरमा विवाह गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । छोराले आफूलाई जानकारी नै नगराई यस्तो हर्कत गरेको भन्दैआमाले छोराबुहारीलाई नै घरमा पस्न नदिएकी हुन् ।
युवककी आमाले विवाह भएको हो वा होइन भन्ने सत्य नजानिकन घर भित्र पस्न नदिने भन्दै प्रहरीमा केस दर्ता गराएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया