आफ्नै सीप र श्रममा अडिनुपर्ने अबको अर्थतन्त्र

डा. रामप्रसाद दाहाल

पानको पात त यतै छ, मेरो मन त तिमी मै तिम्रो कता छ ? भन्ने गीतको पङ्क्ति जस्तै दोधारे मनमा विश्व लकडाउनमा गिजोलिरहेको छ ।

कोरोना भाइरसबाट मारिनेहरुको संख्या उर्लंदो छ । नियन्त्रणको खोप बन्न कम्तिमा अझै १८ महिना लाग्ने विश्वका सङ्क्रमणविज्ञहरु आफ्नो अनुसन्धानको फेहरिस्तमा पस्किरहेका छन् । समाज र संस्कृतिका आवाजहरु कोठाभित्रै दबिएर बस्न बाध्य छन् । किनकि मानव समुदाय पछाडि पहरो जाने पहाड मुनिको बस्तीजस्तो त्राही त्राही भएर मृत्युलाई छेक्न कोरोनाको कहरमा कोठामा नै बाँच्नको लागि अधिकांश बसिरहेको छ ।

विछोडमा रहेका, काममा विदेश गएका फर्कन नपाएकाहरुको करुण चित्कार लर्काे लागेको छ । शरीर जहाँ भए पनि मन घर–परिवारमा अर्थात् मेरो मन त तिमीमै भनेजस्तै भएको छ….।

लकडाउनले समय र अवसर खोज्ने होइन, चिन्ने कुरा हो भन्ने सङ्केत जाहेर गरिरहेछ । हामीले जीवनमा पाउने कुनै पनि अवसरलाई साधारण सम्झेर हातबाट जान दिनु हुँदैन । किनकि आफ्नो मूल्य आफैले बुझ्नुपर्ने हुन्छ । निराशाको अन्त्य र आशाको विकास हुनु जरुरी छ । कोरोनाको समाप्तिपछि आशाको विकास फुल्नै पर्छ फल्नु पनि पर्छ ।

अर्थका कुरा गर्दा बजेट, निकास, विकास, पूँजी, दायित्व, जगेडा, कोष, ऋण, भुक्तानी, विल भर्पाई, असुल उपर डेबिट, क्रेडिट, जायजेथाान सहुलियत, नगद, लगानी, बट्टा, कट्टा, लेखा, ….कर, भ्याट चुक्ता, वासलात आदि अनेक पर्दछन् । अनगिन्ति शब्दहरु शब्दभण्डारमा छन् । सबै शब्दको सार सुख र समृद्धि प्राप्तिमा प्रायः खर्च गरिन्छन् । बितेका कुा कोट्याएर त के काम, भइ त सक्यो तै पनि आउने दिनका लाग अनुभव र बाटा छन् ।

बाँकी विकास र निर्माणका पाटा हुन् । किनकि बितेका समयका राम्रा कुरालाई कहीँ कतैले, कसैले केही सिक्न खोजे भने देखाइका र भोगाइका ती घतलाग्दा क्षयका प्रसङ्गहरु महत्वपूर्ण हुन्छन् तर कसैलाई पनि गहन चिन्तनमा पनि उसले नदेखेको कुरा देखाउन सक्तैनौँ । नबुझेको कुरा बुझाउन सक्छौँ । त्यसलाई मात्र जसले बुझेर पनि बुझ पचाउँछ त्यसलाई बुझाउने कसरी ? प्रश्न जीवन्त छ । किनकि व्यभिचारीले सदाचरीको भावना बुझेको इतिहास मेट्न सकिँदैन । फलामको खियाले फलामलाई नै अन्त्य गरेजस्तो मनबाट निस्केको विचारले मान्छेलाई सिध्याउँछ । विचारको वहुलता, कोमल भावुकता, कसो गरे ठीक भन्ने दिमागमा आएको खिचडीपनले मानिसलाई मेरो मन त तिमी मै, तिम्रो कता छ बनाइदिन्छ ।

तपाई जस्तो, विचार त्यस्तै, सफलताको आधार स्वभाव, चरित्र निर्माण कस्तो, तपाईंसँग रहेको नैतिकता र आदर्शको धरातलले निर्धारण गर्दछ ।

हो, अब विश्वले नै बुझ्ने परिस्थिति आएको छ । नाथे भाइरसले मै हुँ भन्ने ठूला शक्तिशाली देशको शक्ति हल्लाइदिएको, लाखौँका संख्यामामा विरामी र हजारौँका संख्यामा मृत्युहरु आफै आँखामा ती विकसित हुन वा गरिब देबहरुले हेरिरहेका छन् । कफिन राख्ने स्थानको अभाव र ३ मिटर कपडाको जोहो गर्न धौ धौ परेको र डलर पाउण्डहरु झ्यालबाटै फाल्नुपर्ने परिस्थिति सृजना भएको र सबैभन्दा प्यारो ठानिएको नगद रकम रुपी वस्तु हातबाट हातमा लिन नसकेर बीचमा नाङ्लामै सही राखेर सुकाएर लिएको यो दृश्य सबैमा विदितै वास्तवमा जीवित भोगाइका सबैभन्दा कारुणिक भावहरु हुन् ।

विश्वले बुझ्नुपर्ने भएको छ— युद्ध र लडाईं होइन, विकास र शान्तिले मात्र पुग्दैन, समभाव त्यतिकै जस्री रहेछ भन्ने बोध गराइरहेको छ । समदुरी, समभाव समानता समाज र राष्ट्रलाई मित्रता दुई मनको मिलनको नाता हो भन्ने सम्झाइरहेछ । सोचले मात्र पुग्दैन । सबैको सामुहिक सक्रियता खोजिरहेछ । यही सामुहिक सक्रियतामा लखरिएको अर्थतन्त्रलाई अड्याउन, टिकाउन र बिकाउन सकिन्छ ।


अर्थतन्त्रका समस्याको पहिचान र त्यसको विश्लेष्य र बाध्यताहरुलाई शब्द, वाक्यांश र वाक्यहरुमा सूत्रात्मक रुपले प्रश्नैप्रश्नको घेरामा अर्थतन्त्र र तोको जीत र तोकको हार हुने अर्थतन्त्रको आवश्यकता नामक अघिल्ला दुई शीर्षकमा विश्लेषण गरिसकिएको छ । अब यसलाई वस्तुको पहिचानका साथ कार्यान्वयन गरिहाल्ने अल्पकालिन, दीर्घकालीन बजेट आउनुपर्दछ र सरकार, प्रतिपक्ष, पार्टी, समूह भन्दा ठूला जनता र जनता भन्दा ठूलो राष्ट्र भन्ने भावलाई आत्मसात गी श्रम र सीपमा अडिनुपर्ने अबको अर्थतन्त्रको बोध गर्नुपर्ने हुन्छ ।

अब हामी टुक्रिएर वा डुक्रिएर हिँड्यौँ भने त्यसको कुनै मूल्य छैन । जोडेका आँखाले हेर्ने आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, उद्योग, व्यवसाय, पर्यटन, कृषि, पशुपालन, रेमिट्यान्सलाई मनले अनुभूति गर्न सक्यो र यथार्थताको धरातल पक्रेर अघि बढ्न सकेमात्र सत्य प्रकट हुन्छ । त्यसैले जीवन जे छ त्यो अखण्डमा छ, जुन व्यर्थ छ त्यो खण्डमा छ भन्ने कुरा कोरोना भाइरस र लकडाउनले पुष्टि गरिरहेछ । त्यसैले टुक्राहरु जोडका निम्ति प्रतीक हुनसक्छ घटनउन वा समाप्त गर्नका निम्ति होइन । किनकि बितेका कुरा सम्झना र अनुभव हुन आउने कुरा बाटो र जीवन हुन । त्यसैले मानव समुदायले बितेको समयलाई भन्दा भइरहेको र आउने समयको यथार्थलाई आँखामा टाँस्न सक्नुपर्छ । अनि तिनैलाई गति र साकार रुप दिने सपना खेलाउनुपर्दछ । विपनामा कार्यान्वयन गर्नुपर्दछ ।


वास्तवमा आँखाले देखेका कुरा परेलीमा बाँधेर राख्नु हुन्न । किनकि परिस्थिति यस्तो छ उदात्त दृष्टिकोणहरु छताछुल्ल भइरहेका छन् । भोक र रोगहरु जोडिएर सधैँ सँगै हिँडेजस्तो अनुभूति भइरहेछ । उद्देश्यपरक र यथार्थपरक भएर मृत्यु हिँडिरहेको छ, जति बाँचिन्छ, त्यति उदार मनका हातहरु फिँजाएर भोको पेटलाई खाना, नाङ्गो शरीरलाई नाना, खुल्ला चौरमा बसेकालाई छाना, अर्थात् खाना, नाना र छानाको क्रमशः व्यवस्था गर्नुपर्दछ, यो नै अहिलेको आवश्यकता र माग पनि हो । त्यसैले तत्कालीन, अल्पकालीन र दीर्घकालीन उल्लेखित कुराहरुको बजेट व्यवस्थापन र विधि निर्माण गरी अघि बढ्नुपर्ने कुरा निश्चित छ ।

कृषि :

कृषिका कुरा खुबै उठेका छन् । यसको व्यापकीकरण भइरहेको छ । कृषिको वाहुल्यता रहेको हाम्रो मुलुकमा जति दहि मथे पनि सार आउने त नौनी नै हो । त्यस्तै कृषिको विकास, विस्तार र अनुदान सहयोगबाट अगाडि बढाउन सकिन्छ भन्ने धारणा ज्यादा छ । कृषिमा आधुनिकीकरण सही किसानको पहिचान, खेतबारी बाँझो नराख्ने, श्रमको सम्मान गर्ने, कृषिवालीलाई प्रोत्साहन, बजार व्यवस्थापन गरिदिने, किसानको मर्का बुझ्ने र ठूलो संख्यामा रहेका बेरोजगारीहरुलाई कृषिजन्य पदार्थमा आश्रित उद्योगहरुमा सीप अनुसारको काम, माम दिने, काम गर्नेको जीवन सुरक्षा र प्रत्याभूति गरिदिने हो भने कृषिको विस्तार र विकास गर्न सकिन्छ । यसको लागि पानी, कुलो, मल बिऊ, बिजन, जे चाहिने सो कुराको राज्यले सहयोग र आड भरोसा दिएर अगाडि बढाउन सकिन्छ ।


व्यापक रुपमा कृषिका बारेमा सर्वसाधारणका अनुभव विज्ञका सुझावहरु आइरहेका छन् । सामुहिक कृषि प्रणालीको अवसरमा लागु गर्नुपर्ने हुन्छ । कृषि कोषको स्थापना, कृषिमा काम गर्नेहरुलाई आवश्यक कृषि गर्दा जाडो, गर्मी अर्थात् मौसम अनुसारको कपडा जमिन र बालीको आकार अनुसार प्रयोग गरिने, औजार कुटो, कोदालो, समयमै मलखाद, विउ विजनको व्यवस्था गरी उत्पादनमा जोड दिन सकिन्छ ।


करिब करिब असी पचासी प्रकारका नेपालमा बालीनाली लगाइन्छ । त्यसमा पनि करिब ६ सय ७५ जातलाई कृषि अनुसन्धान परिषदले सूचित गरेको छ । नेपालको कुल भागको १५% मकै धान उत्पादन हुन्छ अर्थात् ३० हजार टनको हाराहारिको उत्पादनको तथ्याङ्कहरु बाहिर आएका छन् । उत्पादनको आधामा अनुदान करिब १२ देखि १५ प्रतिशत कतिपयमा दिँदै पनि आएको छ । युरिया, पोटास, डिएसपी, जस्तालाई ७५% सम्म पनि अनुदान दिएको कुराहरु छन् । समयमा मलै नपाएर कृषक हैरान छन्— यसतर्फ सोच्नैपर्छ । मलखाद, विउ विजन, यावत कुरालाई समयमा सरकार बीचको समन्वय गी काम अगाडि तत्कालीन अवस्थामा बढाउन सकेमा कृषिमा भरथेग हुन्छ । एक मात्र पहिलो विकल्पका रुपमा कृषिलाई अघि सार्नुपर्छ । जसरी होस्, जहाँबाट ल्याएर होस्, कृषि र कृषक अनि कृषिको स्तर उन्नतिमा सबै कुरा बिर्सेर तत्कालीन पहल कदमी चालिहाल्नुपर्छ । तब मात्र धेरैले भन्ने गरेको र यथार्थ पनि भएकाले यो सबैको साझा वाक्य पुनः दोहो¥याउँछु— गोठदेखि ओठसम्म, आलिदेखि थालीसम्म सबैका निम्ति कृषि ।

उद्योग :

नेपालमा रोपिएका कयौँ उद्योगहरु समयका क्रममा कौडीका भाउमा बेच्ने निजीलाई प्रोत्साहन दिने नाममा सरकारी उद्योग अझ ठूला उद्योगहरुलाई ध्वस्त पारियो । त्यो लामो सूचि आर्थिक र सचेत पाठकहरुलाई जगजाहेर नै छन् । कहाँ गए, इटा कारखाना, चुरोट उद्योग, कपडा उद्योग, छाला जुत्ता कारखाना आदि इत्यादि । हो यो पाठलाई सिकेर दीर्घकालीन रुपमा वर्ष निर्धारण गरेर, कचापदार्थको सहजै उपलब्ध हुने स्थान हेरी प्रदेशको पहुँचमा रहने ठूला उद्योगहरु दीर्घकालीन रुपमा सञ्चालन गर्नुपर्दछ । जबसम्म राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीका वृहत्तर उद्योगहरु भित्र्याउन सकिन्न तबसम्म विकसित राष्ट्रको कल्पनाको के अर्थ रहन्छ र ? काम थाल्दै नथाल्ने, थालेपछि नछाड्ने, आइसकेपछि नफाल्ने, कुर्सी बदलिँदा उद्योग बदलिने नीतिहरु खारेज गरी दीर्घकालीन उत्पादन गर्न सकिने, ठूलो संख्यामा रोजगारी दिन सकिने उद्योगहरु आउनुपर्छ तर यो कोरोनाको मारमा परेको अर्थतन्त्रले यसतर्फ प्रयास गर्ला तर प्राप्ति अहिले पक्कै होइन ।

परापूर्वकालदेखि चल्दै आएको हाते घरेलु स–साना उद्योगहरु चलिरहेका छन्, चल्छन् पनि तिनीहरुलाई सुविधा दिन सक्नुप-यो । बजार सरकारले खोजिदिनुप¥यो । ती सामानले प्रोत्साहन पाउने अवस्था सृजन ागर्न अल्पकालीन अवस्थामा सकिन्छ । यसैले अल्पकालीन सोचमा साना उद्योगहलाई प्रोत्साहन दिने बजेट हुनुपर्दछ । अर्थात् श्रम र सीप भएकालाई ढाडस दिने हाते घरेलु साना उद्योगहरु बन्ने निश्चित छ । यसतर्फ सोच्नै पर्छ । झन् त्यसमा पनि कृषिजन्य उद्योगहरुलाई प्रोत्साहन दिनुपर्ने हुन्छ । किनकि कच्चा पदार्थ स्वदेशमै प्राप्त गर्न पनि सकिन्छ वा उत्पादन गर्न पनि सकिन्छ । जुट, चिया, कपास आदि आदि ।

व्यापार :

विश्व अर्थतन्त्र नै धरासायी भइरहेको यस घडीमा ठूलो व्यापार निर्यातको सपना देख्न गाह्रो हुन्छ । उत्पादन आफ्नै देशमा खाद्य पदार्थ नपुगिरहेको बेलामा कसरी बाहिर पठाउने र बाहिर बाट ल्याउने दुवै कठिन बन्दै जान्छ । हामीले नेपालबाट भारततर्फ निकास भइरहेको वस्तुहरु हेर्दा कृषित तथा कच्चापदार्थ बढी मात्रामा छन्, चामल, मकै, तोरी, जीवित जनावर, मासु, मैदा, अदुवा, पीना, ढुटो, जुटका सामान, सालको वियाको तेल, अलैँची, हजमोला, साबुन, वनस्पति घ्यु, पस्मिना, च्यवनप्रास, गाइवस्तुको दान, धागो, प्लाष्टिकका सामान, चाउचाउ आदि पर्दछन् । अन्य मुलुकमा पनि नेपालले दाल, अलैँची, जडीबुटी, खयर, उनी कपडा, गलैँचा, कागजबाट बनेका सामान, हस्तकलाका सामान, आदि पर्दछन् । यसले पनि के पुष्टि गर्दछ भने नेपालले कृषि उत्पादनलाई प्रोत्साहन दिई व्यापार निर्यात गर्न सकिन्छ । त्यसैले व्यापारका लागि पनि कृषि उपयुक्त देखिएको छ ।

अन्य मुलुकबाट आउने व्यापारिक सामानहरुको निकै लामो सूचि छ । चीन, भारत र विश्वका धेरै मुलुकमा हाम्रा लागि सामान आयात भइरहेको छ । भन्सार, कर, राजश्वको उपलब्धिको रुपमा व्यापार रहिरहेको छ । त्यसमा पनि अत्यावश्यक, आवश्यक, ठीकै सामान्य, वस्तु छुट्याएर कर, भन्सारमा सुविधा प्रदान गर्नुपर्ने परिस्थिति छ । किनकि उद्योग व्यापारमा रोजगारी त सृजना गर्नु नै छ । व्यापार विविधिकरण, उत्पादन र व्यापारको सन्तुलन, अनेक पक्षलाई जोड्नुपर्ने अवस्था छ।

पर्यटन :
राम्रो आम्दानीको स्रोत मानिएको भ्रमण वर्ष २०२० ले नयाँ आर्थिक गतिविधि पर्यटकबाट स्थापित गर्ने पुनलक्ष्य राज्यको थियो । लगानीकर्ताहरुले ठूलो धनराशी हैसियत भन्दा बढी बैंक वित्तीय संस्थाबाट ऋण लिएर कार्य गरेका थिए । होटल रेष्टुरेण्ट, होमस्टे, छताछुल्ल खोलिको थियो त्यो सबै कोरोनाको चपेटामा बालुवामा पानी भयो सबै खरानी भनेर सिरमा हात राखेर झलझली ऋण र बैंकका ऋण ब्याज सम्झेर होटल व्यवसायी बसिरहेको छ। सबै भन्दा ठूलो मार यो वर्ष पर्यटनमा परेको छ । लगानी गरिसकेपछिको यो पीडा कम चोटिलो र मार्मिक छैन ।

चलायमान अर्थतन्त्रलाई ठप्प रोकिदिएको छ । बन्द कोठाभित्र थुनिदिएको छ । यो पीडा जति निबन्धको पाना भरे पनि सकिन्न । त्यसैले यसलाई कसरी टिकाइराख्ने भन्नेमा मात्र रहेको छ । आम्दानी त बाँचेपछि मात्र…जस्तो भएको छ । यसतर्फको टिकाइराख्ने सम्भावनाको खोजी गर्नैपर्छ । बजेटले राहत प्याकेज दिएर ।

पशुपालन :

पशुपंक्षी अर्काे आर्थिक स्रोत हो । नेपाली बनावटको धरोहर नै यस्तो छ । सानो पहाडी घर, अनि एउटी गाई वा बाख्री, भैँसी, मध्यम वर्गाको गहनाको रुपमा छ । किसानको स्वभाव अनि बाध्यता हो मलको लागि पशुपक्षी पाल्ने प्रवृत्ति । अहिले त सामुहिक घाँस खेती पशुपालन दुधको उत्पादनको लागि होस् वा मासुको लागि । हाम्रो गाई, भैँसी, कुखुरा, खसी, आदि विविध प्रकारका पशुपालन गरिँदै आएको छ । सामुहिक र एकल प्रयासमा पशुपालनको लहर नै आएको छ । चितौनको कुखुरा, इलामको चिया, नतहुँका गाइहरु, धादिङ र पाँचथरको कृषि भनेर त चर्चा नै कमाएको छ ।

तर कति कठोर र करुण दृश्यहरु यो कोरोनाभित्र मानिसले देख्न परिरहेको छ । एकातर्फ मानिस लकडाउमा छ पाल्तु पशुपंक्षिले खान नपाएको अवस्था छ । पशुपालक कृषकहरु चिन्तित अनुहार राखेर रोइरहेका छन् । ढुवानीको अभावले खाने पराल, ढुटो, घाँस ल्याउन नसकेर वस्तुभाउ भोकभोकै मर्ने अवस्था, अनि उत्पादनका दूधह बजारसम्म पु-याउन नसकेर सडकमा पोखेको अवस्था, आफ्नो तरकारी बालीहरु बारिमै कुहेर बसेको अवस्था देख्दा हाम्रो समन्वयको अभावले जन्माएको उत्पादनले बजार र पशुपालनको निम्ति चाहिने सामग्रीको जोगाड गरी उनीहरुको सीप र जाँगरलाई सम्मान र प्रोत्साहन गर्ने बजेट आउनु नै पर्छ ।

रोजगारी :
नेपाल त्यसै त्यसै बेरोजगारिको मुलुक बनिरहेको छ । झन् त्यसमा पनि लाखौँ रोजगारीमा छिमेकी मुलुकहरुमा होस् अन्य वैदेशिक मुलुकमा रोजीरोटी र कामधन्दा र पठनपाठनमा गएकाहरु फर्कने लहर लाग्दो छ। रेमिट्यान्सले चलेको मुलुक धरासायी भएको छ ।

वैदेशिक रोजगारी संकट भएको अवस्थामा नेपालले तत्काल नै उनीहरुलाई खाली बस्न नदिई लकडाउनको समाप्तिपछि चाहे कृषिमा होस् वा विद्युत्मा होस्न, वनिर्माण होस् वा मरमत, कारखाना, पशुपालन केमा हुन्छ उनीहरुको सीप र श्रमलाई संयोजन गर्न सक्नुपर्छ । अन्यथा कमाइ ल्यायो भुटी खायो भन्ने भाव पनि समाप्त भएर जान्छ र भोको मान्छेको विद्रोह कडा हुन्छ । मर्नु त छँदै छ भने विद्रोह ज्वालामुखी बन्छ यसतर्फ सोच राखिहाल्नु पर्छ ।

सारमा भन्दा सरकार पनि अप्ठेरोमा छ । आम्दानी छैन । राजश्वको स्रोत सुकिरहेको छ । उत्पादन लगभग बन्द छ । पूँजी निर्माण कठिन छ र जटिल छ । वैदेशिक लगानी आउन पनि अप्ठ्यारो छ। आफै त जोगी कसले दिने दान भन्ने जस्तै परिस्थिति छ । जनता राहतको प्याकेज खोजिरहेको छ । सबै निम्न वर्ग, मजदूर भनिरहेका छन् ।

उच्च वर्ग र निम्न वर्गलाई जोड्ने ठूलो संख्यामा रहेको मध्यमवर्गको पीडा पनि बल्झिएको छ। कमाइखाने स्रोत सुकेको छ । होटलमा काम गर्ने, अनि घर भाडामा बस्ने एकातिर अर्काेतिर भाडा लगाएर खाने कतै पनि कुनै किसिमको सरकारी जागिर बाहेकको अन्य क्षेत्रको कमाइ लगभग बन्द र शून्य छ । मध्यमवर्ग झन हात थाप्न, राहत माग्न जान पनि लाज मानिरहेको छ । जग्गा जमीन र घर जोडे भने करोडको छ । तर भाँडामा हाल्ने सामग्री पैसाको अभावले रित्तै छ ।

छटपटीमा छ, अप्ठ्यारो छ, कसैले पत्याउन तिनीसँग पैसा छैन भने । भन्ने उत्तर पाउँछन् मध्यम वर्गले तर सम्पत्ति छ स्थीर छ । चलायमान नभएर भोक भोकै बस्नुपर्ने बाध्यतामा छ । सामाजिक प्रतिष्ठा र सम्मान खातिर न घरको न घाटको भइरहेको छ ।

यावत पीडालाई बुझेर सुझबुझ पूर्ण तरिकाले गतिमा चलेका ठूला र राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिए पनि नयाँ आयोजना, फजुलखर्च कटौती गर्ने अनि झोलामा खोला, स्कुल र कृषि राख्ने विचौलियालाई अन्त्य गर्नुपर्छ । ढुवानीलाई सहज र व्यवस्थित गर्नुपर्छ । कृषि बजारसम्म कृषकको पहुँच पुर्‍याउनुपर्छ । स्वयं तीनै प्रकारका सरकारले मितव्ययिता अपनाउने उदारमन र खर्चमा सुधार गरी आफ्नै देशको अर्थतन्त्रमा अडिन खोज्नैपर्छ । यो समय र कोरोनाले ल्याएको हारभित्रको जीतको खोजी हो । त्यसैले श्रमको सम्मान गर्न सकौँ ।

आफ्नै सीप श्रममा अडिने अर्थतन्त्रको विकास गरौँ । आर्थिक अप्ठ्यारोको निराकरणबाट उठी राष्ट्रिय युगबोध गर्न सकौँ ।

मेरो जीवन मेरा देश भन्ने अर्थमा गौरव गर्ने अर्थतन्त्रको पहलकदमीमा फाटेका छन् जुत्ता, फुटेका छन् खुट्टा बाटैमा उकाली बाटैमा ओराली, भोको पेट, नाङ्गो शरीर, दुःखी जीवन सम्झेर अर्थतन्त्र परिचालन गरौँ । यो वर्ष यसैमा हित छ । किनकि गौरव र गरिमा समयमा सोच नपु-याउँदा निर्धाे हुन्छ ।

व्यवहारमूलक र नैतिकवान बनेर प्राप्त आर्थिक उपलब्धिलाई रक्षा गर्दै कोरोनासँग जुधेर अघि बढ्नु बाहेक अर्को विकल्प नै के छ र ?(यस आलेखमा प्रयोग गरिएका तस्वीर गुगलबाट लिइएको हो ।)

डा. दाहालद्वारा लिखित यसअघि लोकपथमा प्रकाशित यो आलेख पढ्नुभएको थियो ?

आलेख प्रश्नै प्रश्नको घेरामा आर्थिक जिन्दगी

समय सन्दर्भ लोकको जीत तोकको हार हुने अर्थतन्त्रको आवश्यकता’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?