काठमाडौं । कोरोना भाइरस विरुद्धको महामारीबाट बच्नको लागि विश्वभरका वैज्ञानिक तथा चिकित्सकहरु दिनरात खटिरहेका छन् । किनभने कोरोना कोरोना भाइरस विरुद्धको भ्याक्सीन चाँडो भन्दा चाँडो बनाउन सकियोस् ।
यसैबीच केहि देशहरु आ-आफ्नो स्तरमा कोरोना भाइरसकोविरुद्धको भ्याक्सीन दाबी गरेका छन् । तर अहिलेसम्म कुनै पनि औषधिलाई मान्यता दिइएको छैन ।
यसैबीच चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ । चीनका वैज्ञानिकहरुले कोरोना भाइरसका लागि तयार पारिएको भ्याक्सीन बाँदर र मुसामा गरिएको सबै परिक्षण सफल भएको दाबी गरेका छन् ।
यो औषधि बेइजिंगको सिनोभ्याक बायोटिकले तयार पारेको हो ।
चीनमा यो बाहेक पनि अन्य तीन प्रोजेक्ट क्लिनीकल ट्रायलको चरणमा पुगिसकेका छन् । तर यो जनावरमा ट्रायल गरिएको पहिलो कामिला हो ।
चीनका रिसर्चरहरुले कोरोनाको इन्याक्टिभ भ्याक्सीनलाई रेशुस माकाक्युज नामको बाँदरमा टेस्ट गरेको थियो । यो भ्याक्सीन टेस्ट गर्नको लागि ३ हप्ता पहिला उक्त बाँदरलाई संक्रमित बनाइएको थियो । त्यसपछि उक्त भ्याक्सिन बाँदरलाई प्रयोग गरिएको थियो ।
भ्याक्सीन प्रयोग गरिएको केहि दिनमै बाँदरको फोक्सोबाट भाइरस हराएको थियो । साथै भ्याक्सीन नदिएका बाँदरमा भने निमोनिया देखिएको थियो ।
जनावरमा सफल भयो परिक्षण
चीनमा बाँदर भन्दा पहिला मुसामा कोरोनाविरुद्धको भ्याक्सीन प्रयोग गरिएको थियो । मुसामा पनि भ्याक्सीन परिक्षणमा सफल भएको थियो ।
साइन्स जर्नलका अनुसार, शोधकर्ताले रेशुस माकाक्युज र मानिसमा जेनेटिक स्तर धेरै समान हुने बताएका छन् । त्यसैले पनि चिनियाँ वैज्ञानिकले उक्त औषधि मानिसमा सफल हुने बताएका छन् ।
सेप्टेम्बर सम्म औषधि बन्न सक्ने
यो भन्दा पहिला सेन्टर फर डिलीज कन्ट्रोलका डाइरेक्टरका अनुसार, सेप्टेम्वरसम्म इमर्जेन्सीका लागि भ्याक्सीन प्रयोगका लागि तयार हुन सक्ने बताएका थिए ।
चीनमा चाइनिज एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेजले बनाएको औषधि दोश्रो चरणको ट्रायलका लागि ५०८ भ्यालेन्टियर्स तयार रहेका छन् । यो महिनामा उक्त नतिजा आउन सक्ने बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया