काठमाडौं । हालसम्म नेपालमा कोरोना भाइरसको पिसिआर विधि मार्फत परीक्षण गर्नेको संख्या १६ हजार ३ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आरडिटी विधि मार्फत ५५ हजार ९ सय ३० वटा परीक्षणहरु भएका छन् । त्यस्तै बितेको २४ घण्टामा १ हजार ७ सय ४२ वटा संकलित नमुनाहरु आरडिटी विधिबाट परीक्षण भएका छन् ।
आरडिटी विधिबाट गरिएका परीक्षणमध्ये प्रदेश १ मा ७ हजार ५५, प्रदेश २ मा ५ हजार ८ सय ९०, बाग्मती प्रदेशमा ९ हजार ५, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ तथा सुदू्पश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ वटा परीक्षणहरु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा हालसम्म १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४ सय ८६ जना, प्रदेश २ मा १ हजार ३ सय ५५ जना, बाग्मती प्रदेशमा २ सय ५४ जना, गण्डकी प्रदेशमा ४ सय ६३ जना, प्रदेश ५ मा ५ हजार २ सय २८ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ जना रहेका छन् ।
त्यस्तै हालसम्म नेपालमा कुल १ सय ४३ जना कोरोना संक्रमित तथा संभावितहरु आइसोलेसनमा रहेका छन् । ती मध्ये काठमाडौं उपत्यकामा २ र बाँकी १ सय ४१ जना काठमाडौं भन्दा बाहिर रहेका छन् ।
बितेको २४ घण्टामा मात्र विभिन्न ठाँउमा गरिएको परीक्षणबाट ४ जना संम्भावित कोरोना संक्रमितहरु रेड जोनमा रहेका छन् । यस्तै उनीहरुसहित कुल ३ सय ४० जना मानिसहरु रेड जोनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
त्यस्तै कोरोना परीक्षणको दायरा फराकिलो बनाउनका लागि इपिडोलोजी तथा रोक नियन्त्रण महाशाखा तथा सेनाको सहकार्यमा उदयपुर, प्रदेश नं २ का रौतहत, बारा पर्सा तथा प्रदेश नं ५ का धेरै जसो जिल्लामा गरि ४ सय नमुना संकलन गरि परीक्षणको लागि लगेको छ । भने आगामी दिनमा पनि नमुना संकलन गरि परीक्षणको दायरा बढाइने मन्त्रालयले जनाएको छ ।
आज थपिएका ७ संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमध्ये ७८ जना पुरुष तथा ३१ जना महिला रहेका छन् । उनीहरु मध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ गरि कोरोना संक्रमित पुष्टि भएका छन् । भने हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएका छैनन् ।
त्यस्तै हालसम्म वीरगञ्जमा २७, विराटनगर, नेपालगञ्जमा २४, भरतपुरमा १, रुपन्दैहीमा ६ गरि ७८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया