काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ का कारण हालसम्म २ लाख ७६ हजार ६९० जनाको मृत्यु भईसकेको छ भने ४० लाख ३४ हजार ५६७ जना मानिस संक्रमित भएका छन् । विश्वभर १४ लाख १२४ जना उपचारपछि निको भएका छन् भने ४८ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भिर छ ।
कोरोना भाइरस निकै संक्रामक प्रकृतिको भएका कारण पनि यस भाइरसको नाम सुन्नेबित्तिकै मानिसहरु डराउँछन् ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भाइरस विश्वका २ सय १२ देशमा पुगीसकेको छ । हालसम्मकै सबैभन्दा खतनाक स्वास्थ्य चुनौति थपेको यस भाइरसका विषयमा निरन्तर खोज भइरहेका छन्।
तर विडम्बना वैज्ञानिक र डाक्टरहरुले यसविरुद्धको भ्याक्सिन बनाउन असमर्थ रहेका छन् । तर चीनले यसविरुद्धको भ्याक्सिन बाँदरमा परीक्षण गरिरहेको छ भने अर्को विज्ञ टोली र ईटलीमा मुसामा परीक्षण भइरहेको छ ।
यो विषम परिस्थितीमा वैज्ञानिकले अर्को तथ्य सार्वजनिक गरेका छन् ।
संक्रमित पुरुषको विर्यमा कोरोना भाइरस रहिरहन सक्दछ । निको हुन लागेका पुरुषको वीर्यमा भाइरस रहिरहनसक्ने चिनियाँ अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनले देखाएको हो ।
अनुसन्धानकर्ताहरुका अनुसार यौन सम्पर्क मार्फत पनि कोरोना सर्नसक्ने सम्भावना हुन्छ ।
यो भाइरस हाच्छ्यु गर्दा, खोक्दा, हात मिलाउँदा अंकमाल गर्दा सर्न सक्ने भएकोले मानिसहरुमा सामाजिक दूरी कायम गर्न सरकारले समेत भनिरहेको परिप्रेक्ष्यमा अहिले यो नतिजा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।
कोरोनाको महामारी उच्च रहेको बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ जना पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गर्दा यो शंका पुष्टि भएको हो ।
त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको थियो । तीमध्ये एक चौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।
‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको सिएनएनले जनाएको छ ।
यसअघि पनि इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएकोमा यसको पनि अनुसन्धान थालिएको थियो ।
यसबारेमा थप अनुसन्धान भने भइरहेको छ । तसर्थ विर्यबाट कोरोना फैलने विषय भने अझै पूर्ण रुपमा पुष्टि हुन जरुरी छ। ति अनुसन्धानकर्तालाई उदृदद गर्दै दि गार्जियनले लेखेको छ ।
‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ,’ टोलीले लेखेको छ ।
यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको दि कन्र्भरसेसन डटकमले लेखेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो :
नेपालमा कोरोना अपडेट : ५५ हजार बढीको आरडिटी परीक्षण, कुन प्रदेशमा कति ? (विवरणसहित)
अफगानिस्तानका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण
कोरोना विरुद्धको ‘भ्याक्सीन’ बनेको चिनियाँ वैज्ञानिकको दाबी, मुसा र बाँदरमा परिक्षण सफल
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया