काठमाडौं । महाभारत भन्ने बित्तिकै हामीलाई पाण्डव र कौरवको याद आउँछ । तर महाभारतमा उनीहरु बाहेक पनि अर्का मुख्य पात्र मानिन्छन् – विदुर ।
उनले लेखेका पुस्तकहरुमा भएका हरेक कुराहरु मानिसहरुका लागि कल्याणकारी भएको कुरा त हामी सबैलाई थाहा नै छ होला ।
विदुर नीतिमा पनि नीति सिद्धान्तलाई धेरै महत्वपूर्ण रुपमा लिने गरिन्छ । आज हामी तपाईलाई विदुर नीतिमा रहेका तर मानिसहरुका लागि खुशी ल्याउन सक्ने यी ४ कुराहरुको बारेमा तपाईलाई जानकारी दिनेछौँ ।
१. एको धर्मः परम श्रेयः क्षमैका शान्तिरुक्तमा ।
विद्वैका परमा तृप्तिरहिंसैका सुखावहा ।।
अर्थ : महात्मा विदुरले भनेका छन् कि, जो व्यक्ति सधैँ धर्मको बाटोमा हिँड्छ, उसलाई नराम्रो कहिल्यै हुँदैन । अर्थात् तपाई यदि जीवनमा सुख शान्ती चाहानुहुन्छ भने धर्मको बाटो अपनाउनु पर्दछ ।
२. क्षमा गर्नु सर्वश्रेष्ठ उपाय
जो व्यक्ति सफल भएको छ, उसले आफ्नो जीवनमा धेरै गल्ती गरेको छ । तर समझदार व्यक्ति त्यसैलाई भनिन्छ, जसले आफ्नो गल्तीलाई क्षमा गरेर त्यसबाट केहि सिकेरजीवनमा अगाडि बढ्दछ ।
यो सत्य हो कि कसैको गल्ती मनमा लिएर बस्नुले सम्बन्ध खराब हुन्छ । साथै त्यहि कुराले तपाईले गर्दा आफूसहित अर्काे व्यक्तिलाई पनि दुख परिरहेको हुन्छ । त्यसैले क्षमा भाव सबैभन्दा राम्रो हो । अरुलाई पनि क्षमा गर्दै त्यसबाट पाठ सिक्ने व्यक्ति नै सधैँ खुशी रहन सक्छ ।
३. व्यक्तिको ज्ञान नै उसको धन हुन्छ
यथार्थमा वास्तविक धन कसैको छ भने त्यो उस व्यक्तिको ज्ञान नै हो । जो व्यक्ति कुनै लोभ बिना बाँचिरहेको हुन्छ, त्यो व्यक्ति नै सबैभन्दा खुशी रहन्छ ।
ज्ञानकै कारण मानिस संसारमा धनी बन्न सक्दछ । किनभने अज्ञानतालाई भनेको अन्धकार समान मान्ने गरिन्छ ।
४. अहिंसाको मार्गमा हिँड्ने मानिसहरु नै खुशी हुन्छन्
जो व्यक्ति शान्तीका साथ अहिंसाको मार्गमा हिँड्छ त्यो व्यक्ति नै सधैँ खुशी रहने कुरा विदुर नीतिमा वर्णित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया