एन आई सी एशिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत छुट दिने

काठमाडौं । एन आई सी एशिया लघुवित्त लिमिटेडले ग्राहकहरुका लागि नयाँ सुविधा थप गरेको छ । नेपाल राष्ट्र बैकले दिएको निर्देशन बमोजिम आफ्ना संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।

एन आइसी एशिया लघुवित्तले सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने योजना समेत ग्राहकहरुलाई लागू गरेको हो ।

लघुवित्तको अनुसार यस सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्य महानुभावको यस संस्थाको खातामा जम्मा गरिनेछ ।

साथै संस्थाले राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९,८३,५६७.८७ ग्राहकहरुको खातामा जम्मा गरिसकेको पनि जनाएको छ ।

यस संस्थाको देशभर १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । भने यस संस्थाले ४७ करोड ५५ लाख बराबरको प्रथमिक सर्वसाधारण शेयर निष्काशन (आइपीओ) निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?