रुपन्देही, माघ २९ । नेपालमा खेतियोग्य जमिन प्लटिङ गरि घडेरी बनाएर बेच्ने चलन धेरै पहिले देखी नै रहेको छ । किसानलाई केही रुपैयाँ दिएर खेत किन्छन् र त्यसलाई माटो पट्टाएर भारी मुल्यमा बेच्ने गर्छन् जग्गा ब्यापारीहरु नेपाल सरकारले करिब १ बर्ष अगाडि देखी जग्गा जमिनको कित्ताकाट रोकेको थियो । जसको कारण जग्गा ब्यापारीको प्लटिङ गर्ने कार्यनै ठप्प भएको छ । यसैको बिरोधमा आइतबार भैरहवाको नापी कार्यालय अगाडी अनौठो किसिमको आन्दोलन भयो। जसको माग थियो कित्ताकाट रोक्ने निर्णय खारेज गर । जग्गा कित्ताकाट पिडित सर्घष समिति रुपन्देही नाम लेखीएको ब्यानरमा रुपन्देही ४ बाट निर्वा्चित नेपाली कांग्रेसका नेता प्रमोद यादवनै बिरोध गर्दै गरेको स्थितीमा देखिएयसरी प्रतिनिधी सभा सदस्य खुल्लारुपमा मधेसको खेतियोग्य जमिन प्लटिङ गरि बेचबिखन गर्नुपर्छ भन्दै बिरोध गरेको राम्रो होइन। उनि निर्वा्चित रुपन्देहीको मर्चवार कृषीको लागी पकेट क्षेत्र मानिन्छ तर त्यस क्षेत्रबाट निर्वाचित सांसद नै खेतियोग्य जमिन प्लटिङ गरि बेच्न पाउनु पर्छ भन्दै आन्दोलन मै होमिएको देख्दा मर्चवारको भविस्यनै अन्योलमा परेको छत्यसै गरि रुपन्देही क्षेत्र नं ३ को ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष पाण्डे पनि कित्ताकट खारेज गर भनेर यसै आन्दोलनमा उत्रिएका छन् । उनले जितेको क्षेत्रमा रुपन्देहीको सदरमुकाम भैरहवा पनि पर्दछ । भैरहवा क्षेत्रको समस्या सुल्झाउन छोडेर उनि जग्गा दलालको आन्दोलनमा होमिएका छन् । जग्गा कित्ताकट रोकिएर किसानको छोराछोरी बिदेश जान नपाएको, बिहे गर्न नसकेको नाजायज कारण देखाउदै यसरी आन्दोलन गरेका छन् निर्वाचित जनप्रतिनिधी नै रुपन्देही जस्तो मधेसको धेरै क्षेत्रमा प्लटिङले खेतियोग्य जग्गाजमिननै नास गरेपछि सरकारले कित्ताकट रोकेको हो । कुनैबेला यही रुपन्देही जिल्ला खेति किसानीको लागी नेपालमै परिचित थियो तर अहिले यही रुपन्देही जिल्ला जग्गा ब्यवसायको लागी परिचित छ । रुपन्देहीको प्लटिङ ब्यवसाय राष्ट्रमै सुपरिचित छ र यहाँको हरेक राजनितिक पार्टीका जिल्ला कमिटीनै जग्गा दलालहरुले भरिएको छ। त्यसै गरि रुपन्देहीका धेरै जन निर्वाचित जनप्रतिनिधीहरु पनि सुपरिचित जग्गा ब्यापारीनै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया