काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै पास खारेज गरेको छ ।
कोरोना संक्रमितको संख्या तीव्र दरमा बढ्दै गएपछि जिल्ला प्रशासनले यसअगाडि जारी भएका सबैअन्तरजिल्ला पास खारेज गरेको हो ।
प्रशासनले मंगलवार एक सूचना जारी गर्दै यसअगाडि जारी गरिएका सबै अन्तरजिल्ला पास र ई-पास खारेज गरेको हो।
मंगलवार गृह मन्त्रालयले जेठ १ गते (बिहीवार) बाट लागू हुनेगरी अन्तरजिल्ला आवतजावत गर्ने पास खारेज गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।
योसँगै काठमाडौं उपत्यकाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका अन्य सबै पास खारेज भएको सूचनामा बताइएको छ । तर पनि यसअघिकै पासका आधारमा सम्बन्धित जिल्लाभित्र आवतजावत गर्न भने दिइने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यसअगाडि जारी भएका पहेँलो पासले पनि उपत्यकामा भने सवारीसाधन चलाउन पाइने बताएका छन्। तर उपत्यकाभन्दा बाहिर जानु परेको अवस्थामा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय गरी पास उपलब्ध गराउनुपर्ने भएको उनले बताए ।
यसअघि प्रकाशित :
कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !
बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !
प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा
गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया