काठमाडौं । व्रह्माण्डको रहस्य पत्ता लगाउनका लागि धेरैजसो देश अन्तरिक्षमा आफ्नो स्याटेलाइट राखेका छन् । तर यहि उपकरणहरुले धर्तीका लागि खतरनाक बनिरहेका छन् ।
यसको प्रत्यक्ष सबुत हिन्द महासागरमाथि विस्फोट भएको रुसी अन्तरिक्ष एजेन्सीको रकेटको माध्यमबाट स्पष्ट भएको छ ।
८ मेमा विस्फोट भएको स्याटेलाइट अहिले पृथ्वीमाथि घुमिरहेको बताइएको छ । किनभने स्याटेलाइटका ६५ वटा टुक्रा पृथ्वी भन्दा माथि घुमिरहेका छन् ।
उक्त टुक्राहरुले अन्य स्याटेलाइटमा पनि क्षति पुर्याउन सक्ने बताइएको छ । रुसी अन्तरिक्ष एजेन्सी रोसकसमसका अनुसार रुसको उक्त रकेटको नाम फ्रीगेट एसबी रहेको छ ।
उक्त रकेट सन् २०११ मा अन्तरिक्षमा स्थापित गरिएको थियो । उक्त स्याटेलाईट रुसको जासुसी स्याटेलाईट रहेको बताइएको छ । तर यसले गएको वर्षदेखि नै बिग्रिएको बताइएको छ ।
नेपाली समयानुसार यो रकेट ८ मेमा विहान १०ः४५ देखी ११ः३० बजेको बीचमा हिन्द महासागरमा बिस्फोट भएको बताइएको छ ।
बिस्फोट भएसँगै त्यसका टुक्राहरु पृथ्वीको कक्षमा तैरिरहेको बताइएको छ । रुसी एजेन्सीका अनुसार रकेटको अगाडिको भाग बिस्फोट भएको छ ।
त्यस्तै अमेरिकाको यूएस १८ स्पेस कण्ट्रोल स्क्वाड्रनले भने रकेट बिस्फोट भएपछि त्यसका ६५ वटा टुक्रा अन्तरिक्षमा देखिएको बताएको छ ।
साथै उक्त टुक्राहरु पृथ्वीको माथि घुमिरहेको बताइएको छ । अन्तरिक्ष एजेन्सी नासा तथा युरोपीयन स्पेस एजेन्सी ईएसएले पनि रुसको यो रकेटलाई ट्रयाक गरिरहेका छन् ।
उनीहरु उक्त टुक्राहरुबाट पृथ्वीमा निम्तिन सक्ने खतराबाट जोगाउन लागि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया