धनुषा । धनुषामा कोरोना संक्रमित थपिएसँगै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।भने थप कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने तयारी समेत गरिएको छ ।
मंगलवार मात्र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार धनुषाको जनकपुर उपमहानगरपालिका ४ का ४० वर्षीय पुरुष, मिथिला नगरपालिका वडा नं १० की २० वर्षीया युवती तथा महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं ३ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित देखिएसँगै बिरामी रहेको घरहरु पुरै सिल गरिएको छ । भने सम्पर्कमा आएका सबै जनाको कन्ट्याक ट्रेसिङको काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया