काठमाडौं । चीनले अन्तरिक्षमा पठाएको रकेट पृथ्वीमा खसेको छ । चन्द्रमामा अन्तरिक्ष यात्रीहरु पठाउनका लागि लञ्च गरिएको उक्त रकेट पृथ्वीमा खसेको बताइएको हो ।
कोरोना भाइरसको महामारीका बीच चीनले अन्तरिक्ष तर्फ आफ्नो कदम बढाईरहेको छ ।
चीनले गत मंगलवार एक नयाँ रकेट र प्रोटोटाइप अन्तरिक्ष यान सफलतापूर्वक लञ्च गरेको थियो ।
सरकारी मिडियाका अनुसार एक स्थायी अन्तरिक्ष स्टेशनलाई सञ्चालन गर्ने र चन्द्रमामा अन्तरिक्ष यात्रीहरु पठाउनका लागि यो चीनको महत्वाकांक्षी प्रमुख परिक्षा थियो । तर चीनले अन्तरिक्षमा पठाएको उक्त रकेट टेक्निक खराबीका कारण पृथ्वीमा खसेको छ ।
२० मेट्रिक टन
LONG March 5B को करिव ३० मिटर लामो र ५ मीटर चौडाई भाग लगभग २० मेट्रिक टनको थियो । पछिल्लो ३० वर्षमा पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर खस्नेवाला यो सबै भन्दा ठूलो अब्जेक्ट भएको बताइएको छ ।
यो भन्दा पहिला सन् १९९१ मा करिव ३९ टनको सोभियत युनियन स्पेस स्टेशन सेल्युट यसरी नै झरेको थियो ।
३० वर्ष पहिला भएको थियो यस्तो घटना
आजभन्दा ३० वर्ष पहिला वायुमण्डलमा अनियन्त्रित भएर खसेको यो नै सबैभन्दा ठूलो अब्जेक्ट मानिएको छ ।
यो भन्दा पहिला सन् १९९१ मा करिव ३९ टनको सोभियत युनियन स्पेस स्टेशन सेल्युट यसरी नै पृथ्वीमा खसेको थियो ।
केहि टुक्रा मात्र जमीनमा आइपुग्यो
युएस स्पेस फोर्सको १८ औँ स्पेस कन्ट्रोल स्क्वाड्रनका अनुसार उक्त रकेटको केहि भाग मात्र सोमवार अफ्रिकाको पश्चिमी तटस्थित एटलान्टिक महासागरमा खसेको छ । तर जमीनमा खस्नुपूर्व नै रकेटका विभिन्न भागहरु जलेर नष्ट भएका थिए ।
चीनले उक्त रकेट ५ मेमा लञ्च गरेको थियो । यसलाई चीनको स्पेस स्टेशनसम्म मोड्युल्स लञ्च गर्नका लागि डिजाइन गरिएको थियो ।
एयरस्पेस कर्पका अनुसार नासा जस्तो स्पेस एजेन्सीले अब्जेक्ट्सको वायुमण्डलमा री एन्ट्रीलाई गाइड गर्दछ ।
किनभने उक्त टुक्राहरु पृथ्वीमा धेरुै आबादी भएको ठाउँमा खस्नबाट रोक्न सकियोस् । तर एक मिनेटको मात्र ढिला भयो भने ३०० मीलको अन्तर पर्दछ । तर चीनले लञ्च गरेको उक्त रकेट एटलान्टिकमा खसेको छ ।
यो भन्दा अगाडि पनि गरेको थियो लञ्च
चीनले यहि वर्षको मार्चमा बिना ‘क्रू’को एक्सपेरिमेन्टल स्पेसक्राफ्ट लञ्च गर्ने र भविष्यमा स्पेस स्टेशनको लागि ऐस्ट्रनोट्सका लाया लान सक्ने बताएको थियो ।
चीन सन् २०२२ सम्म मल्टी मोड्युल स्पेस स्टेशन बनाउन चाहन्छ ।
यो भन्दा अगाडि चीनले एक एक्सपेरिमेन्टल स्पेस स्टेशन लञ्च गरेको थियो । उक्त स्टेशन क्र्याश भएको थियो ।
एजेन्सीको सहयोगमा
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित
कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?
धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी
स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना
कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट
जनकपुरका पत्रकारमा पनि देखियो कोरोना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया