मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)
प्रशासनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
प्रविधिको प्रयोग मार्फत पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
पति पत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गीत संगीतमा विषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
हार्डवयेरसँग सम्बन्धीत व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा मन्दी आउने तथा घाटा लाग्नेछ ।
समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।
कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । महिनाभरी नै बुधको अनुकुल प्रभावले लेखन तथा साहित्यकको क्षेत्रमा प्रगती गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)
राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेको छ ।
सरकारी धन सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत केही मात्रामा लाभ लिन सकिनेछ ।
स्वअध्ययन तथा प्रविधिको सहयोगले विद्या तथा प्रतिस्पर्द्धामा विजय हुने योग रहेको छ भने नयाँ ज्ञान हासिल हुनेछ ।
अग्रज तथा आफन्तको आशिर्वाद तथा सहयोगले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ ।
जीवन साथीको सहयोगले महत्वपूर्ण कामहरु फत्ते गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न होईनेछ ।
उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ ।
आफ्नो पहिचान तथा परम्पराको जगेर्ना गर्ने कामका समय लगानी गर्दा सम्मान पाईनेछ ।
तरपनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)
काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ भने शरीरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ ।
सैद्धान्तिक विषयमा आफन्त तथा अग्रज व्यक्तित्वहरुसँग विवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।
विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझावलाई हुबहु लागू गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् ।
महिनाभर नै बुध तथा शुक्रको अनुकुल प्रभावले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
वंश वृद्धिको योग रहेकोछ भने शिक्षा तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)
राजनीति कर्मी तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेको छ । सरकारी धन सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत केही मात्रामा लाभ लिन सकिनेछ ।
व्यापारी तथा विदेशी सामानको आयात तथा निर्यात कर्ताको लागि समय मध्यम रहेको छ ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
विद्या तथा प्रतिस्पर्द्धामा विजय हुुनको लागि प्रविधि तथा स्वअध्ययनमा ध्यान दिनुहोला । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ ।
महिनाभरी नै बुधको अनुकुल प्रभावले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि आफ्नो भनाईहरु जनमानसमा लैजान सकिनेछ । यात्रा भरसक स्थगित गर्नुहोला ।
सिंह (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)
राज्यभावमा गोचर गर्ने सूर्यले कर्म प्राप्तीका लागि गरिने कुनै पनि पेशा व्यवसायबाट सन्तोषजनक आम्दानि हुनेछ ।
राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुँदा पद प्राप्तिको गतिलो योग रहेको छ भने समाजिक कामहरु समयमा सम्पन्न गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । आफन्त तथा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ ।
अध्ययन तथा अध्यापनमा समय दिन सकिने हुँदा सोचे भन्दा राम्रो नतिजा हात लाग्नेछ । प्रणय सम्बन्ध सुदृढ भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ ।
पैत्रिक धन सम्पत्तीको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले पत्रकार,उद्योगी,खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
महिला हरुले फेन्सि तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानिमा केही मात्रामा वृद्धि हुनेछ ।
कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो)
काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुले नै लिन सक्छन् । दौडधुपमा समय व्यातित भएपनि उपलब्धी भने न्यून हुनेछ ।
सरकारी कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपूर्ण उपलब्धिहरु गुम्नेछ । ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ भने घर परिवारमा आफन्त विच सानो सानो कुरामा बिवाद बढ्नेछ । तापनि शुक्र तथा बुध ग्रहको अनुकुल प्रभावले खोज तथा अनुसन्धानको क्षेत्रमा तपाईको लगनी सुरक्षित रहनेछ भने अध्ययनमा चाहेजस्तो नतिजा हात पार्न सकिनेछ ।
धार्मिक तथा शैक्षिक क्षेत्रसँग सम्बन्धीत कामहरुमा व्यस्त हुने समय रहेको छ । वौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति, पत्रकार र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।
तुला (रा, री रु, रे, रो, ता, ती, तू ,ते)
समयमा काम नबन्ने तथा ऋण लाग्ने हुनाले मानसिक तनाव बढ्नेछ । हतियार,फलाम तथा आगोसँग सम्बन्धीत काम गर्दा वा प्रयोग गर्दा होसियारी अपनाउनु होला,चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ ।
स्वास्थ्यमा बिशेष गरि हाडजोर्नि,मुटु,आखा तथा दाँतमा समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ ।
माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्नीबीच अविश्वास सिर्जना हुनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यवस्थापन गर्न गाह्रो हुनेछ ।
साझेदारी व्यवसायमा लगानी नबढाउनु उचित हुनेछ किनकि साझेदारहरुबीच मनमुटाव सिर्जना हुन सक्छ ।
विद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला ।
यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा विभिन्न समस्याहरु आईलाग्नेछन् । तर पनि बुध र शुक्रको अनुकुल प्रभावले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्नुहोला ।
वृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)
मिथुन राशि हुनेहरुलाई महिना भरिनै सातो भावमा गोचर गर्ने सूर्यले जीवन साथीसँग विवाद तथा मनमुटाव सिर्जना हुनेछ ।
यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर यात्रा हुनेछ । राज्यबाट भनेजस्तो पद प्रतिष्ठा प्राप्त गर्नको लागि निकैनै मेहनेत गर्नु पर्नेछ ।
कार्यक्षेत्रमा सहकर्मी हरुसँगै राय बाजिनेछ । स्वास्थ्यमा समस्या आउनेछ भने सत्रुले बारम्बार दुख दिनेछन् । तर पनि बुध र शुक्रको अनुकुल प्रभावले खाद्यान्न,औषधि तथा निर्माण सामग्रीको व्यापार गर्नेहरुले आम्दानी गर्न सक्नेछन् । उत्तम भोजन तथा मन परेको बस्त्र प्रयोग गर्न पाउँदा मन हर्षित हुनेछ ।
अध्ययनमा मन जानेछ मने राम्रो तथा वौद्धिक कितावहरु पढ्ने अवसर प्राप्त हुनेछ । तरपनि भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
यो महिना समय राम्रो रहेको छ । प्रतिस्पर्धी हरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुने तथा शत्रुलाई परास्त गर्न सकिनेछ ।
राजनीति तथा समाजसेवमा जनताको गतिलो समर्थन पाईनेछ भने नोकरिमा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ ।
अध्यानमा प्रगति हुने हुँदा सफलताको सिँढी चुम्न सकिनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वतः स्फुर्त बलियो बन्ने योग रहेको छ ।
राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा सस्थानमा र प्राईबेट कम्पनीहरुका काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।
लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोवार गर्नेहरुले मनग्गे धन सम्पत्ती जोड्न सक्नेछन । उपहार तथा चिट्ठा प्राप्तीको गतिलो योग रहेको छ ।
खाद्यान्न,औषधि तथा निर्माण सामग्रीको व्यापार गर्नेहरुले आम्दानी गर्न सक्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)
सरकारी तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नीतिनिर्माण तहमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ ।
भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न ।
आँखा,हड्डी,मेरुदण्ड,मुटु तथा ब्लड प्रेसर सम्बन्धी पुराना रोगीहरुले विषेश ध्यान दिनुहोला । आफन्त तथा सन्तानसँग घरायसी कुरामा राय बाजिनेछ ।
व्यापार व्यवसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तरपनि बुध र शुक्रको अनुकुल प्रभावले तार्तिक क्षमतामा वृद्धि हुने हुँदा वौद्धिकतामा वृद्धि हुनेछ ।
अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपूर्ण भमिका निर्वाह गर्नेछ । ईच्छित चाहना तथा मनोकामनाहरु पूरा हुनेछन् भने शरीर तथा मन प्रफुल्लित हुनेछ ।
कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा)
महिनाभर नै चौथो भावमा गोचर गर्ने सूर्यले घर जग्गा तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला घाटा लाग्ने योग रहेको छ ।
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । धन सम्पत्ती हराउने,लुटिने तथा स्थाई सम्पत्तीमा विवाद हुन सक्छ ध्यान दिनुहोला ।
टाउको,आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ ।
छोटो तथा लामो दुरीको यात्रा स्थगित गर्नुहोला समय मध्यम रहेको छ । फोक्सो तथा स्वासप्रश्वास सम्बन्धी समस्या हुनेहरुले ख्याल गर्नुहोला । आमा तथा आफन्तको स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि अन्य ग्रहहरुको अनुकुल प्रभावले प्रेम प्रशङ्गमा आत्मियताको बढोत्तरिको योग रहेको छ ।
औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने योग रहेकोछ ।
मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची)
समग्रमा महिना राम्रो रहेको छ । समाजका उच्च पदस्थ व्यक्तिहरुसँग सहकार्य गरि नयाँ काम गर्न सकिनेछ । राजनीति तथा कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई पछि पार्दै पद प्राप्त गर्न सकिनेछ ।
शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । घर जग्गा तथा सवारी साधन प्राप्तिको योग रहेको छ भने फलाम तथा ईञ्जिनसँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।
आकस्मिक लाभ हुनेछ भने भौतिक सम्पत्ती तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।
वौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने विद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।
परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग हुनेछ । प्रेम गर्ने जोडिहरुले एक अर्काबीच भावना साटासाट गरि समय व्यतित गर्न सक्नेछन् ।
तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया