शेयर कारोवार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेप्सेलाई शेयर कारोबार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ।

सरकारले लकडाउनलाई कडाई गरेको र काठमाडौं सहितका स्थानमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले जोखिम बढेका कारण बोर्डले आजकै मितिदेखि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला गर्दा संक्रमणको जोखिम हुने भएकाले लगानीकर्ताको हित र प्रवद्र्धनका लागि धितोपबोर्डले बजार बन्द गराएको अध्यक्ष ढुंगानाको भनाई छ ।

बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष ढुङ्गानाले बताए।

बोर्डले मंगलबार र बुधारबार भएको कारोबारको पनि छानविन गर्ने भएको छ । दुई दिनसम्म चलेको बजार लगातार नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । २ दिनमा नेप्से ५० अंक झरेको थियो।

निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न खोजिएको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?