काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या जम्मा २ सय ४६ पुगेको छ ।
भरतपुरस्थित कोभिड १९ अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणका क्रममा देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया