काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण गरिएको छ ।
बिहीवार कालिमाटी बजार आसपास तरकारी खरिद बिक्री तथा ढुवानी गर्नेहरुको कोरोना परीक्षण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कोरोना परीक्षण गरिएको हो ।
बिहीवार त्यहाँ ६ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको छ । त्यस्तै ३ सय जनाको पीसीआर प्रविधिबाट कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको मन्त्रालयले जनाएको छ ।
त्यहाँबाट तरकारी व्यापारमा संलग्नहरुको आज(बिहीवार) नमुना संकलन गर्न नभ्याइएकाहरुको शुक्रवार नमुना संकलन गरिने कालिमाटी तरकारी बजार समितिले जनाएको छ ।
आज तरकारी बजारमा आवद्ध व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया लगायत सरोकार राख्ने सबैको कोरोना परीक्षण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया