कोरोनाको नयाँ रुप देखिएपछि वुहानमा १.१ करोड मानिसको परिक्षण शुरु

काठमाडौं । चीनमा बिहीवार कोरोना भाइरसका नयाँ १५ केस थपिएका छन् । जसमध्ये १२ संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन ।

कोरोनाको नयाँ रुप देखिएपछि चीनले कोरोनाको केन्द्र रहेको वुहानमा १.१ करोड मानिसहरुको किभिड-१९ परिक्षण शुरु गरिएको छ ।

अहिले चीनमा धमाधम कोरोना परिक्षण भईरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण चीनमा यो समाचार तयार पार्दासम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ९२९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ लाख ९८ हजार ४४२ जनाको मृत्यु भईसकेको छ भने ४४ लाख ४६ हजार ३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १६ लाख ७० हजार ४७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४५ हजार ९१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?