काठमाडौं । वि.सं. २०७७ जेठ ०२ गते । शुक्रवार । इ.स.२०२० मे १५ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म न्त ऋतु ।
ने.सं. ११४० बछलागा । जेष्ठ कृष्णपक्ष । तिथी– अष्टमी,११ बजेर ०१ मिनेट उप्रान्त नवमी । नक्षत्र– धनिष्ठा,११ बजेर १४ मिनेट उप्रान्त शतभिषा ।
योग ऐन्द्र,२८ बजेर १५ मिनेट उप्रान्त वैधृति । करण– कौलव,११ बजेर ०१ मिनेट उप्रान्त तैतिल,२३ बजेर ३८ मिनेट उप्रान्त गर ।
आनन्दादिमा–धाता योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर १६ मिनेटमा, सूर्यास्त १८ बजेर ४४ मिनेटमा ।
दिनमान ३३ घडी ३९ पला । अन्तराष्ट्रिय परिवार दिवस । पञ्चक। गोरखकाली पूजा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विभिन्न साधन स्रोत जुटाई दिगो लामो समय देखि रोकिएका काम आरम्भ गर्न सकिनेछ ।
पैत्रिक सम्पत्तीको प्रयोग गरेर कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
दाजुभाईको सहयोग पाईनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
ईमान्दारिता तथा लगनशीलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ ।
प्रेमको डोरो कसिलो हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
योग तथा साधनामा मन जागृत हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिती रहनेछ ।
माया प्रेमको गाँठो कसिलो भएर जानेछ । तर पनि काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
संकट व्यवस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला ।
आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ ।
व्यापारमा लागनी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ ।
प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । तरपनि समय प्रतिकुल रहेकोले बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रुमाथि वीजय गर्न सकिनेछ तथा आँट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढी नतिजा हात पार्न सकिनेछ ।
पुराना ऋण तिर्न सकिने तथा रोग केही भए ठिक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । प्रेमको डोरो कसिलो हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । तपाईले गरेको काममा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनेछ ।
प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन उत्तम रहेको छ । वौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अरुकै काममा समय व्यतित हुँदा आफ्नो कामभने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।
व्यापारमा मन्दी आएपनि कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विश्वास गरेकै मानिसबाट धोका पाईनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समय तथा भाग्यले साथ दिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ ।
दाजुभाई तथा आफन्तको सहयोग पाईनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरुका लागि समय राम्रो रहेको छ ।
स्रोत साधन नजुट्नाले कामहरु थाती रहनेछन् । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ ।
प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । पढाई लेखाईमा मन जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्नो दैनिक काम समयमा सम्पादन गरी बँचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ ।
पढाईमा मन जाने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ ।
काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । अध्ययन तथा कामको लागि लामो दुरिको यात्रा गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया