भेटियो दुर्लभ कछुवा, सामाजिक सञ्जालमा बन्यो ‘स्टार’

काठमाडौं । अमेरिकाको भर्जिनियामा दुई शिर भएको दुर्लभ कछुवा फेला परेको छ । यो कछुवा एक व्यक्तिले द भर्जिनिया लिभिङ म्युजियमलाई जिम्मा लगाएका छन् ।

दुई शिर भएका जनावरहरुको अवस्थालाई पोलिसिफेली भन्ने गरिन्छ । त्यस अन्तर्गत शारीरिक विकारका कारण कुनै पनि जनावर वा मनुष्यका दुई शिर हुने गर्दछन् ।

यस्तो घटना पहिलो पटक सन् १४६० मा भएको थियो । स्कटल्याण्डमा त्यो बेला दुई शिर भएका बच्चा जन्मिएका थिए ।

संग्रहालयले गएको शुक्रवार क्वारनस्ट्रीम नामक आफ्नो लाइभ स्ट्रिम श्रृंखलामा दुई प्रमुहरुको साथमा कछुवा देखाएका थिए ।

कछुवाको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एक एक्सपर्टका अनुसार दुई शिर भएका जीवहरु १ हजार मात्र एउटा मात्र जीनित रहन सक्ने सम्भावना हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?