पुल निर्माणमा ढिलाई भएको भन्दै स्थानीय आक्रोशित

गगन अयडी धनगढी, माग २९–धनगढी उपमहानगरारपालिकाको वडा नम्बर १ र २ जोड्ने सन्तोषी खोलामा निमार्ण भैरहेको पुल निमार्ण ढिलाई भएको भन्दै स्थानीय आक्रोसित भएका छन् उनीहरुले पुल निमार्ण अवधि थप गर्दै जाने थेगीम रोयल साउद जेभीलाई चाडो निमार्णमा दबाप दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन । पुल निमार्णकालागी २०७२ भाद्र २० मा सडक डिभिजन कार्यालय कञ्चनपुर र थेगीम रोयल साउद जेभी बिच दुई बर्षमा पुल निर्माण समापन गर्ने सम्झौता भएको छ तर पुल निमार्णकालागी छ महिना थप मागेको थेगीमले थप समय सकिन दुई महिना मात्र बा“कीं रहदा निमार्णको काम अपलत्र छाडेको स्थानीय कमला श्रेष्ठले बताइन् सन्तोषी नालाको पुल निमार्ण भएमा धनगढी क्षेत्रमा सवारी साधन कम हुने स्थानीयले बताएका छन् उनिहरुले निर्माण कम्पनीहरुले सारै लापरबाही गरेको बताएका छन् । निर्माण कम्पनीहरुले पनि धेरै स्थानमा ठेक्का सम्झौता गर्दा समस्या भएको प्रबिन श्रेष्ठले बताए धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले निमार्णको ठेक्का पाएको निमार्ण कम्पनीलाई काम गर्न आग्रह गरेका छन् प्रतिनिधि सभाका सांसद नारदमुनी रानाले सो पुलको निरक्षण गर्दै काममा लापरबाही गर्नेलाई कारबाही गर्नु पर्ने बताए उनले े पटक पटक निमार्ण कम्पनीलाई काम गर्न आग्रह गरेको र काम नभएमा कारबाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?