काठमाडौं । बिहीवार साँझ नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा काठमाडौं, धनुषा र धादिङका रहेका छन् ।
काठमाडौं दहचोक निवासी ७ वर्षिय बालकमा कोरोना संक्रमण देखिएसँगै काठमाडौंमा फेरी अर्को नयाँ केस थपिएको हो ।
त्यस्तै धनुषा निवासी १७ वर्षिय महिला तथा धादिङकी ३० वर्षीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार जनाएको छ ।
यसअघि आजै बिहान ३ नयाँ संक्रमित पुष्टि भएका थिए । ती मध्ये १ जना काठमाडौंका हुन् । बिहीवार साँझ थपिएका ३ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । ती मध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
भर्खरै देखिएका कोरोना संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आज नै काठमाडौंको चन्द्रागिरीमा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय पुरुष काठमाडौं बाहिरबाट आएको खुलेको छ ।
स्थायी घर नेपालगञ्ज भएका ती पुरुष शसस्त्र प्रहरीमा कार्यरत छन् । साथै उनी बिदामा नेपालगञ्ज गएर फर्किएको खुलेको छ ।
उनी यस अघि भेटिएकी कोरोना संक्रमित २५ वर्षीय युवतीसँग एउटै गाडीमा काठमाडौं आएको पनि सशस्त्र प्रहरी स्रोतले जनाएको छ । तर उनी प्रहरी कार्यालय नपुग्दै आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
साथै उक्त गाडीमा आएका अन्य मानिसहरुको पनि स्वास्थ्य परीक्षण गरिरहेको स्रोतले जनाएको छ ।
उनीहरु नेपालगञ्जबाट सवारी पास बनाएर तीन दिन अघि मात्र काठमाडौं आएका थिए ।
यो पनि
कोरोना अपडेट : विश्वमा यस्तो छ महामारीको पछिल्लो अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया