काठमाडौंमा थपिएका कोरोना संक्रमित ७ वर्षीय बालक, कुन उमेर समूहलाई खतरा ?

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताए ।

संक्रमितहरुमा काठमाडौं दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ । यसअघि आज बिहान तीन जनामा सङ्क्रमण देखिएको थियो ।

आज मात्र ६ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

नेपालमा कुन उमेर समूहलाई कोरोनाको खतरा बढी देखियो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २ सय ४९ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितमध्ये १ सय ९९ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । त्यस्तै हालसम्म ५० जना महिला संक्रमित भएका छन् ।

आज (विहिबार) बिहान पनि ६ वर्षिय बालिकामा संक्रमण पुष्टि भएको थियो। नेपालमा हालसम्म २ महिले शिशुदेखि ८४ वर्षिय वृद्धासम्मलाई संक्रमण भएको तथ्याङ्क छ । परिक्षणको दायरा बढाउँदै लैजाँदा नेपालमा कोरोना संक्रमित तिव्र रुपमा बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार सूचना जारी गर्दै सचेत बन्न र सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

उसले सबै उमेर समूहलाई संक्रमणको बरोबर खतरा रहेको जनाएको छ । नेपालमा गत माघ ९ गते चीनबाट फर्केका पुरुष कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंमा उपचार गरी निको भएर घर फर्किसकेका छन् ।

त्यसयता थपिएका २ सय ४८ जना संक्रमितको उमेरगत विवरण दिँदै कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ । यसअघिको पत्रकार सम्मेलनमा उनले भनेका थिए “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो । आज विहिबार मिडिया ब्रिफिङमा उनले दोहोर्‍याउँदै भने “संक्रमित संख्या बढीरहेको छ । परीक्षण बढाइरहेका छौँ । सबैले आफ्नो स्वास्थ्य र सावधानी अपनाउनुहोला ।”

चिकित्सकका अनुसार यो भाइरसले धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, आत्मविश्वास कमजोर भएका, कुनै जटिल प्रकृतिका रोग भएका व्यक्तिहरुमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैलाई धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न र सावधानी अपनाउन अनुरोध गरेका छन् । हालसम्म नेपालका २२ जिल्लामा कोरोना फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहिबार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । राति ८ बजे अध्यावधिक जानकारी विवरण अपडेट गर्दै मन्त्रालयले थप ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यस अघि आज बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् । आज दिउसो नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गरेर निको भई घर जानेको संख्या ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार नेपालमा २२ हजार ६६४ वटा पिसीआर विधीबाट जाँच गरिएको छ भने आरडिटी विधीबाट ६२ हजार ३ सय २७ वटा जाँच गरिएको छ ।

उनका अनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परिक्षण गरिएको थियो ।

गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट १ हजार ३ सय ६३ जनामा परिक्षण गरिएको छ भने आरडिटी विधीबाट गत २४ घण्टामा २ हजार ८ परिक्षण गरिएको छ । यो परिक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश १ मा ८ हजार ६ सय ७३ वटा परिक्षण गरीएको जनाएको छ ।

प्रदेश २ मा ५ हजर ९ सय ६४, वाग्मती प्रदेशमा ९ हजार ८ सय ६१, गण्डकी प्रदेशमा ६ हजार ७ सय १६, प्रदेश ५ मा ७ हजार ९ सय ११ कर्णाली प्रदेशमा ७ हजार ३ सय ७, सुदूरपश्चिम प्रदेशमा १५ हजार ८ सय ९५ वटा परिक्षण गरिएको छ ।

यस्तै नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १५ हजार ६०० पुगेको छ ।

नेपालमा क्वारेन्टाईनका लागि बनाईएको बेड संख्या ५३ हजार ८ सय ३५ हो ।

प्रदेश १ मा ८ सय २० जना, प्रदेश २मा १६९६ जना वाग्मती प्रदेशमा १०९ जना गण्डकी प्रदेशमा २८६ जना प्रदेश ५ मा ७ हजार ९ सय ५८ जना, कर्णालीप्रदेशमा १६ सय ४ जना, सुदूरपश्चिम प्रदेशमा ३ हजार १सय २७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या २ सय ७२ हो । काठमाडौंमा ६ र काठमाडौंबाहिर २ सय ६६ गरी कुल २ सय ७२ जना संक्रमित तथा संभावित संक्रमित नेपालका विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २१ जना, प्रदेश २ मा १ सय १ जना वाग्मती प्रदेशमा ३७ जना गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ११२ जना बसेका छन् ।

यस्तै मन्त्रालयको निशुल्क सम्पर्क नम्बर ११३३ र १११५ मा गत २४ घण्टामा १४९७ वटा कल आएकोमा ति सबैको चिकित्सकले जवाफ दिएका छन् ।

त्यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन, र वेवपेजमा नेपालका विभिन्न स्थानबाट भरिएका विवरणको आधारमा कुल ३ सय ५९ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ४२ जनाले यो विवरणमा स्वमूल्याकंनको फाराम भरेकोमा ४ जना संभावित संक्रमितको सूचीमा अर्थात् रेड जोनमा परेका छन् ।

यसैबीच कोरोना संक्रमणको जोखिमलाई कम गरि आम मानिसको जीवन रक्षा गर्न पिसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?