भारतीय सीमा जोडिएको छाङरुमा सशस्त्र प्रहरीद्वारा चौकी स्थापना (फोटोसहित)

लोकपथ संवाददाता
21
Shares
नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।

काठमाडौं । सरकारले नेपाल-भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) मा चौकी स्थापना गरेको छ । बुधबार सो चौकी स्थापना भएको थियो । तिङ्कर नदीको किनारमा घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ ।

राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका-१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ बुधबारदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ ।

मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो । आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो । केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।

 

नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका १ छाङरु (गागा) मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्ती जाने तयारी गर्दै सशस्त्र प्रहरी ।
नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।
नेपाल-भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुको गागा गाउँ । तिङकर नदीको किनारमा निलो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ ।

 

दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ छाङरु (गागा)स्थित नेपाल-भारत सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल) मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग कुरा गर्दै भारतीय एसएसबीका प्रतिनिधि । साथमा छाङरुस्थित सुरक्षा निगरानी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द ।
सरकारले नेपाल-भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (विओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ सो चौकी स्थापना भएको थियो ।

 

सरकारले नेपाल-भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (विओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ सो चौकी स्थापना भएको थियो ।

नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) मा बुधबार स्थापना गरिएकोे सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) का लागि आवश्यक हतियार र बन्दोबस्तीका सामान ओसार्दै सशस्त्र प्रहरी । सेनाको हेलिकप्टरले केही माथि सामान झारेपछि उनीहरुले बोकेर सामान लगेका हुन ।

 

सरकारले नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका –१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (विओपी) मा बस्ने सशस्त्र प्रहरी खाद्यान्न ओसार्दै । चौकीभन्दा केहीमाथि सेनाको हेलिकप्टरले सामान छाडेपछि खाद्यान्न तथा अन्य सामान उनीहरुले ओसारेका थिए ।

 

नेपाल-भारत सीमा क्षेत्रमा दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

 

तस्वीर: रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?