काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । शुक्रवार प्रधामन्त्री निवास बालुवाटारमा २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ।
यसअघि मंगलवार मन्त्रीपरिषद् बैठक बसेको थियो । लकडाउन प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए।
यसैबीच आज नै शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक बसेको छ ।
कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको स्रोतले जनाएको छ ।
शुक्रवार आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । आज अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया