काठमाडौं । शुक्रवार नेपालमा थप एक जनाले कोरोना जितेर घर फर्किएका छन् ।
कोशी अञ्चल अस्पतालमा उपचाररत २५ वर्षीय पुरुष कोरोना उपचारपछि निको भएर घर फकिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित मिडिया व्रिफिङ मार्फत जानकारी दिएका हुने । उनले कोेरोना संक्रमण भएको २७ औँ दिनमा घर फर्किएका हुन् ।
उनको पछिल्लो समय गरीएको कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको उनले बताए ।
यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ३६ पुगेको छ ।
हालसम्म नेपाल २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज बिहान मात्रै बाँकेका ८ र मकवानपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया