बेरोजगारीको भयावह अवस्था सिर्जना हुनसक्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ ले सबै मुलुककमा अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् ।

नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयावह अवस्था सिर्जना हुने देखिएको बताइन् ।

आज विश्व साझा तर अदृश्य दुश्मन कोरोनाभाइरसको विरुद्ध लडिरहेको भन्दै उनले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?