कालापानी, लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिने

काठमाडौं । सरकारले कालापानी, लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्टपति विद्यादेवी भण्डारीले संसदमा उक्त कुरा बताएकी हुन् ।

उनले भनिन्, “ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गरिने भन्दै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि भएको भन्दै त्यसलाई प्राप्त गर्न ठोस कुुटनीतिक पहल र छुटेको भुमि समेटेर नेपालको नक्सा जारी गरिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?