काठमाडौं । गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता विकाश देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको उनले बताए । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।
नेपालमा आज शनिबार सम्म कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । आजैमात्र नेपालमा ११ जनामा नयाँ संक्मित फेला परेका हुन् ।
शनिबार महोत्तरीका ५२ वर्षिय पुरुष र काभ्रेका २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षिया महिला, सिराहा सखुवाका ३० वर्षिय पुरुष, पर्साको विरगञ्जका २८ र २९ वर्षिय पुरुष, सर्लाही रामनगरका १८ वर्षिया किशोरी र चितवनको गढौलीका २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया