नेपालमा थप २ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप दुइ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ । संक्रमित महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको स्रोतले बताएको छ ।

यस अघि नेपालमा ४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये भक्तपुरमा १ जना, कपिलवस्तुमा ३ जनामा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये भक्तपुरमा भेटिएका संक्रमित पूर्व गृहमन्त्री भीम रावलका सुरक्षाकर्मी हुन् । उनी २७ वर्षीय प्रहरी जवान हुन् ।

त्यस्तै गत बुधवार कपिलवस्तुमा पुष्टि भएका ८ कोरोना संक्रमित मध्ये ३ जना सुरक्षाकर्मी रहेका थिए । उनीहरुमध्ये ड्युटीमा रहेका नेपाल प्रहरीका सई १ जना, सशस्त्र प्रहरीका सई १ जना र राष्ट्रिय अनुन्धान विभागका असई १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज शनिवार एकैदिन यो समाचार तयार पार्दासम्म ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो सँगै हालसम्म नेपालमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । शनिवार मात्रै नेपालमा काभ्रे, सिरहा, महोत्तरीमा गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने काभ्रे र सिरहामा पहिलोपल्ट संक्रमित फेला परेका हुन् । संक्रमित मध्ये २ सय २४ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

यसअघि जुम्लामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीको पिसीआर कोरोना परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्ला अन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पिसीआर कोरोना परीक्षण गरिएको हो । सबै जनाको परीक्षणको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

नराकोट प्रहरी चौकीका चार, पातारासी प्रहरी चौकी चार, रारालिही एक, झारज्वाला प्रहरी चौकी पाँच, ताम्ती प्रहरी चौकी दुई र गोठीज्यूला प्रहरी चौकी एक गरी १७ जनाको पिसीआर परीक्षण गरिएको हो । त्यसैगरी १० प्रहरी जवानको आरडीटी परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको आइसोलेसन अस्पतालमा सात, १० स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा ४०, ५४ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा २१६ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी नौ वटा चेकप्वाइन्टमा ३५, पैदल गस्तीमा ३५, भ्यान गस्ती १४, सात बिट पिकेट २१ गरी जम्मा ३६० जना सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।

जुम्ला अस्पतालमा कोरोना जाँच पिसीआर उपकरण सञ्चालनमा आएदेखि ९४९ जनाको जाँच भएको छ । कालिकोटका १० र जुम्लाका ८६५ जनाको पिसिआर जाँच भएको हो । यसअघि काठमाडौँ र सुर्खेतमा ३३९ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म जुम्लामा कोरोना सङ्क्रमण देखिएको छैन । सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

मन्त्रालयले भन्यो- धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट आउन बाँकी

फेरी २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

सिन्धुपाल्चोककी महिलाको अस्पताल ल्याउँदा बाटोमा भएको थियो निधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?