काठमाडौं, ४ भदौ— मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको बीसीसीको जनाएको छ । मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ । दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो । मेक्सिकोमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प जाने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया