कोरोनाका कारण महिलाको मृत्यु भएपछि सरकार थप सचेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट थप मानवीय क्षति हुन नदिन सरकार लागिपर्ने बताएका छन् ।

‘यस महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने छ’, प्रधानमन्त्री ओलीले आइतबार ट्वीटरमार्फत भनेका छन् ।
सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि ओलीले यस्तो बताएका हुन् ।

यस्तै उनले कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरलेआफू अत्यन्त दुखित भएको बताएका छन् ।

‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?