उच्चस्तरीय समितिको बैठक शुरु, लकडाउनबारे निर्णय हुने

काठमाडौं । आइतवार कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा कोरोना नियन्त्रणमा भइरहेका प्रयास, लकडाउनको प्रभावकारिता, लकडाउनको समय थप गर्नेलगायत विभिन्न विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

आज साँझ ५ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ । उच्चस्तयरीय समितिकै सिफारिसमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको निर्णय गर्नेछ ।

नेपालमा कोरोना रोकथामको सुरक्षार्थ सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो।

त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

सरकारले पछिल्लो समय थपेको लकडाउन भोली(जेठ ५) गतेबाट सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?