लकडाउनकै बीच भारतबाट आएका थिए आजका मृतक

काठमाडौं । कोरोनाको कारण मृत्यु भएका बाँकेका युवक भारतबाट आएको खुलेको छ ।

मृत्यु हुनेमा जिल्लाको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमार्फत प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयका अनुसार उनी गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका थिए ।

आज बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

उनी भारबाट फर्किएर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका थिए ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।

क्वारेन्टाइनमा बसेका युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार सङ्कलन गरिएको थियो । स्वाब परिक्षणका क्रममा मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अघि गत बिहीवार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पशुपति आर्यघाटमा विद्युतीय शव दाह गृहमा दाहसस्कार गरिएको थियो । त्यस्तै आजका मृतकको पनि सुरक्षित तरिकाले शव व्यवस्थापन गरिनेछ ।

यो सँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको र ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो समयमा भारतका विभिन्न ठाँउबाट लुकिछिपी बाँके प्रवेश गर्नेमा नरैनापुरका धेरै रहेका छन् ।

यस अघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

मन्त्रालयले भन्यो- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

नयाँ बसपार्क नजिकै बस्थिन् कोरोनाबाट मृतक महिला, ‘एरिया सील’ गरिँदै

मन्त्रालयले भन्यो :कोरोनाबाट १ जनाको मृत्यु

कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु

कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो

कोरोनाबाट मृत्यु भएकाको कसरी गरिन्छ अन्तिम संस्कार ?

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९१ पुगे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?